९ मंसिर २०८३, बुधबार

भैरहवामा एमालेको विशाल चुनावी जुलुस (फोटो फिचर)

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नरेश केसी

भैरहवा, २८ जेठ । नेकपा एमाले सिद्धार्थनगर निर्वाचन परिचालन कमिटीको आयोजनामा आइतबार दिउंसो सिद्धार्थनगर भैरहवामा विशाल र्याली जुलुस निस्केको छ ।

दिउँसो ३ बजे लुम्बिनीगेटबाट बाजागाजा, झन्डा, ब्यानरमा सजिएर निस्किएको र्याली बुद्धचौंक, ब्रमेलीटोल, नारायणस्थान, विद्रोहीचोक, प्रहरीटोल, मिलनचोक हुदैं गल्लामण्डी पीपरीया चौंक पुगेर पुनः गल्लामण्डी हुदैं मिलनचौंक फर्किएको थियो । त्यसपछि मिलनचौंक मैत्रीपथ, मालटोल, होटल निर्वाणा लाइन हुदैं, चिल्ड्रेन पार्क, खजहना, भट्टाटोल, हुँदै बसपार्क निस्केको थियो । अगाडि अगाडि सूर्यमा मतदान भन्ने टिसर्ट लगाएका सूर्य अंकित क्याप लगाएका सयौं स्वयंसेवकले कभर गरेको र्याली बसपार्कबाट हाइवे, हुदैं देवकोटाचौंक, बैंकरोड हुदैं मिलनचौंकमा आएर कोणसभामा परिणत भएको थियो ।

एमाले प्रदेश कमिटी सदस्य तथा निर्वाचन परिचालन निर्देशन कमिटी संयोजक पुष्पाञ्जली उपाध्याय, भरत कुमार पोखरेल, जीवलाल अर्याल, डा. रामप्रसाद बस्याल, प्रेम कुमार सेञ्चुरी, डासुराम पाण्डे, उमा अधिकारी, धुब्र अधिकारी, कुलेन्द्र पुन, शार्दुल मयुर कसौधन, ममता माण्डब्य, पम्फावति खनालसहित मेयर उपमेयर र वडाका अध्यक्ष पदका उमेदवार एवं सदस्य पदका उमेदवारले र्यालीको कमाण्ड सम्हालेका थिए । मधेसी, मुश्लिम र महिला समुदायको बाहुल्य उपस्थिीति देखिएको उक्त र्यालीमा ५ हजार जनसहभागिता भएको निर्वाचन परिचालन कमिटी संयोजक जिवलाल अर्यालले जानकारी दिए ।

भैरहवाको प्रचण्ड गर्मीको परबाहै नगरी बृद्धा, महिलाहरु पनि लगातार ३ घण्टासम्म हिडेर उत्साहबद्र्धक रुपमा रयालीमा सहभागीता जनाउदां आफुहरुमा झनै हौसला बढेको एमाले नगर सचिव तथा वडा नम्बर ३ का वडा अध्यक्ष उमेदवार थानेश्वर पौडेलले जनाए ।

असीनपसीन हुदैं हिडेर मिलनचौंकमा कोणसभामा परिणत भएको रयालीलाई मेयरका उमेदवार हरिप्रसाद अधिकारीले सम्बोधन गर्दै सबैखाले अन्याय अत्याचारको निमुर्लिकरण तथा नगरको समुन्नत विकासकोलागी सिद्धार्थनगरमा एमालेको जित आवश्यक भएको बताएका थिए । उनले असार १४ गतेको निर्वाचन पश्चात सिद्धार्थनगर जसरी सूर्य सधैं चम्कीलो हुन्छ त्यसैगरी यो नगर पनि नेपालकै चम्कीलो नगर बन्ने दृढता व्यक्त गरे ।

सोही अवसरमा उपमेयरको उमेदवार उमा काफ्लेले र्यालीमा महिलाहरुको उल्लेख्य सहभागिताले सिनपामा महिला उन्नयको ढोका खुलेको बताइन् । उनले आसन्न निर्वाचनमा एमालेलाई मतदान गरेर महिला हकहितको संरक्षण गर्न पनि आग्रह गरिन् ।