गुल्मी, २८ जेठ । नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नं ३ का सांसद गोकर्ण बिष्टले अहिले देशमा विभिन्न तत्वहरुले चुनावलाई धुमिलाउने प्रयास गरिरहेको बताएका छन् ।
आइतबार निजामती कर्मचारी संगठन जिल्ला कार्यसमितिले प्रकाशन गरेको ‘हामी राष्ट्र सेवक’ नामक स्मारिका बिमोचन गर्दै नेता बिष्टले चुनावको वातावरण धमिलाउने खेल भइरहेकोले सजक भएर न्यायपूर्ण मतदानमा मतदाता सहभागी बनाउन कर्मचारीको ठूलो भुमिका रहेको बताए ।
नेता बिष्टले निजामती कर्मचारीले काम छोड्र सत्ता रिझाउन थाले प्रशासन बिग्रने भन्दै कर्मचारीलाई सचेत समेत गराए । नेपालको मुल्याङ्कन प्रणाली र राजनीतिक प्रवृति गलत भएका कारण कर्मचारी काम र दक्षतामा भन्दा चाकडीको जालझेलमा फसेको उनको भनाई छ ।
पूर्वमन्त्री समेत रहेका बिष्टले अहिलेसम्म कर्मचारीलाई राजनीतिक पूर्वाग्रहभन्दा बाहिर राखेर बिधि र प्रक्रियामा सरुवा वा बढुवा गर्न नसकिएको बताए । ‘कर्मचारी सत्ता निकट भए ठिक नभएर नेटो कटाउने चलन छ,’ उनले भने, ‘यो मनोवृति केहि बर्ष लगाएर भएपनि हटाउँछौ ।’ निजामती कर्मचारी र राजनीति एक अर्काका परिपुरक भएकाले सम्बन्ध अझ मजबुद बनाउन सके समृद्ध नेपाल असम्भव नहुने बिष्टको भनाई थियो ।
चुनावी अभियानका लागि जिल्ला आएका नेता बिष्टले चुनावलाई स्वच्छ, निश्पक्ष, र धाँदली रहित बनाउन कर्मचारीहरुलाई आग्रह गरे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुंगाना, निजामती कर्मचारी संगठनका ५ नं प्रदेश उपाध्यक्ष दधिराम मरासिनी, गुल्मी उद्याग दुर्गा, पेसागत महासंघका माधव ज्ञवाली, शिक्षक संगठनका अध्यक्ष रोहित भण्डारी, पुर्व कर्मचारी संगठनका अध्यइा गुण निधी शर्मा, पुस्तक प्रकाशन समिति संयोजक लोकनाथ मरासिनी, आधिकारि टेड युनियका उपाध्यक्ष पुर्णलाल श्रेष्ट, पुर्व अध्यक्ष चोलाराज शर्मा, अध्यक्ष भक्तिराम मरासिीको लगायतको सहभागित रहेको थियो । कार्यक्रममा सेवा निवृत भएका विभिन्न कार्मचारीहरुलाई सम्मान गरिएको थियो ।












प्रतिक्रिया