
साउदी अरब । जुवाको नशा नै अचम्मको हुन्छ । यस्तै नशामा डुबेका साउदीका राजकुमारले जुवाको खालमा अरबौँ रुपैँया र ५ वटा श्रीमती समेत गुमाएका छन् ।
राजाका भतिजले जुवाको खालमा ६ घण्टाको अन्तरमा २२ अर्ब रुपैँया र ५ वटी श्रीमती पनि हारेको घटनाले सामाजिक सञ्जाल तातेको हो । खबरका अनुसार, जब उनले ६ घण्टाको बीचमा २२ अर्ब रुपैँया हारे, त्यसपछि उनले श्रीमतीलाई पनि दाउमा लगाए । एउटी श्रीमतीको मूल्य थियो एक अबै ६० करोड रुपैँया ।
साउदी अरबका राजाका यी भतिजको नाम हो, प्रिन्स मजेद बीन अब्दुल्लाह अल सूद । यसअघि पनि उनको नाम धेरैपटक ड्रग्स र म्याच फिक्सििंगमा जोडेर आएको थियो ।
साउदीमा खासगरि, जुवामा पैसा सकिएपछि उँट जस्ता जनावरलाई दाउमा राख्ने चलन छ । तर, यिनले भने आफ्नी श्रीमतीलाई जुवाको खालमा लगाए । उनको यो हिम्मत देखेर अरु चकित परेका थिए ।















प्रतिक्रिया