
काठमाडौं, २७ जेठ । नेकपा एमालेले दोस्रो चरणको चुनावका लागि मेयर उपमेयरको उम्मेदवार चयन गरेको छ ।
पार्टी स्थायी समितिको शनिबारको बैठकले प्रदेश नम्बर १ का महानगर र उपमहानगरमा प्रमुख उपप्रमुखको उम्मेदवार तय गरेको हो । जस अनुसार, विराटनगर महानगरपालिकाको मेयरमा मोरङमा एमालेका युवा नेता विनोद ढकालले टिकट पाएका छन् । उपमेयरको भने टुंगिन बाँकी छ ।
यसैगरी, धरान उपमहानगरपालिकाको मेयरमा तारा सुब्बा र उपमेयरमा मञ्जु भण्डारीलाई एमालेले अघि सारेको छ ।
इटहरी उपमहानगरपालिकाको मेयरमा सुनसरी जिल्ला अध्यक्ष द्वारिकलाल चौधरी र उपमेयरमा लक्ष्मी गौतमले टिकट पाएका छन् ।
एमालेले राजपा त्यागेर एमाले प्रवेश गरेका सहमहामन्त्री समिम मिया अन्सारीलाई केन्द्रीय सल्लाहकार परिषदको सदस्यमा मनोनित गरेको छ ।











प्रतिक्रिया