९ मंसिर २०८३, बुधबार

माओवादी केन्द्रबिना मुलुकमा परिवर्तन सम्भव छैन : प्रचण्ड

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ जेठ । माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू र आफ्नो पार्टीले मात्रै हिमाल, पहाड र तराई–मधेसलाई जोडेर राष्ट्रिय एकता कायम गर्न सक्ने बताएका छन् ।

काठमाडौंको लाजिम्पाटस्थित आफ्नै निवासमा शनिबार बिहान आयोजित कार्यक्रममा दाहालले माओवादी केन्द्र मात्रै राष्ट्रिय एकताको नेतृत्वकर्ता पार्टी भएको बताए ।

‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्याय, समानुपातिक–समावेशी सिद्धान्त, विकास, समृद्धि, राष्ट्रिय एकता र छिमेकीसँगको सन्तुलित सम्बन्ध माओवादी आन्दोलनका उपलब्धि हुन्’, दाहालले भने, ‘माओवादीले मात्रै हिमाल, पहाड र तराई–मधेसलाई जोडेर साँचो अर्थमा राष्ट्रिय एकता हासिल गर्ने सामथ्र्य राख्दछ ।’

उनले भने, ‘तपाईहरू पूर्वदेखि पश्चिमसम्मका विभिन्न पार्टीमा क्रियाशील रहेका नेता साथीहरू माओवादी केन्द्रमा आउनुभएको छ । यसले पनि माओवादी पार्टी मात्रै राष्ट्रिय एकताको केन्द्र हो भन्ने कुरा पुष्टि हुँदैछ ।’

परिवर्तनका मुद्दाहरू सम्बोधन गर्न माओवादी मात्रै सक्षम रहेको बताउँदै दाहालले भने, ‘माओवादीबिना परिवर्तन सम्भव छ, न समृद्धि र विकास नै । यो तथ्य फेरि एकचोटी पुष्टि भएको छ ।’