३० आश्विन २०८३, शुक्रबार

प्रचण्ड कमरेड, जेल जानुपर्ने प्रकाशलाई पदक दिनुभयो, छोरीलाई चाँहि भरतपुर दाइजो दिन खोज्या ?

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– राजीव पहारी

प्रचण्ड आफू त सिद्धिए सिद्धिए, माओवादीलाई त सिध्याए सिध्याए नेपाली कांग्रेसजस्तो लामो समयसम्म लोकतन्त्रको निम्ती लडेको पार्टीलाई पनि समाप्त पार्दैछन्, सिध्याउँदैछन् ।

‘कांग्रेस– माओवादी गठबन्धन ‘काले काले मिलेर खाउ भाले’जस्तै भयो’

हिजो हामी युवाहरु गणतन्त्रको पक्षमा आवाज बुलन्द गरिरहँदा, युवाको चाहना गणतन्त्र स्थापना भनेर लागिरहँदा हाम्रो राजा वीरेन्द्रसँग अघोषित कार्यगत एकता थियो, वीरेन्द्रको वंश विनासले त्यो सहकार्य तोडियो भनेर रोदन गर्दै हिँड्ने प्रचण्ड कसरी गणतन्त्रवादी भए । आज उग्रवामपन्थीहरुको नेतृत्व गर्ने प्रचण्ड र उग्रदक्षिणपन्थी अतिवादी तत्वहरुको नेतृत्व र अगुवाई गर्ने शेरबहादुर देउवाको जुन गठबन्धन भएको छ यसलाई युवा संघले स्वाभाविक रुपमा लिएको छ । यो काले काले मिलेर खाउ भाले भनेजस्तै दुबै शक्तिकेन्द्रले नेपालका स्रोत साधन दोहन गरेर आफ्नो कुनियत दुषित योजना सफल गरिरहेका छन् ।

चारतारे रुख चिन्ह घरको छतमा टाँसेर कांग्रेसी कार्यकर्ताले मतदानस्थलभित्र जाँदा सूर्यलाई भोट हाले । एमाले कमजोर हुनु भनेको मुलुक कमजोर हुनु हो भन्ने बुझेर नै मान्छेहरुले यो ढंगबाट आफ्नो समर्थन गरे । 

अहिले नेकपा एमालेले नेपालको राष्ट्रियतामाथि लोकतन्त्रमाथि जनजिविकामाथि जुन खालको महत्वपूर्ण भूमिका खेलिरहेको छ, अब एमालेलाई कमजोर नपारीकन मुलुकलाई कमजोर पार्न सकिन्न् भन्ने उद्देश्यका साथ उनीहरुले अहिले स्थानीय तहको निर्वाचनमा महागठबन्धनको नौटंकी पनि गरे । तर, यो महागठबन्धनको नौटंकी भनेको कांग्रेस र माओवादी रुपी दुईटा माकुरो मिलेर जालो लगाउँदै हात्तीलाई चाँहि माकुराको जालोले रोक्न र छेक्न सकिन्छ कि भनेर प्रयत्न गरे जुन दिवा सपना मात्र भयो । नेकपा एमालेको विजयी यात्रालाई कुनैपनि शक्तिले पहिलो चरणको निर्वाचनमा रोक्न सकेन् साम दाम दण्ड भेद अपनाउँदा पनि । यो एमालेको विजयी भनेको मुलुकको विजयी हो । राष्ट्रिय सार्वभौमता, अखण्डता र अक्षुण्ताको विजयी हो । नेपाली जनताको विजयी हो । यो विजयी भनेको विदेशी हस्तक्षेपविरुद्धको, राष्ट्रिय स्वाधिनताको आन्दोलनको विजयी हो । राष्ट्रियता, लोकतन्त्र, जनजिविका, समृद्ध नेपाल निर्माण गर्ने अभियानको सुरुवात हो । हिजो निर्वाचनमा चारतारे रुख चिन्ह घरको छतमा टाँसेर कांग्रेसी कार्यकर्ताले मतदानस्थलभित्र जाँदा सूर्यलाई भोट हाले । किनभने एमालेलाई बलियो नबनाउने हो भने मुलुक बलियो हुँदैन, एमाले कमजोर हुनु भनेको मुलुक कमजोर हुनु हो भन्ने बुझेर नै मान्छेहरुले यो ढंगबाट आफ्नो समर्थन गरेका छन् ऐक्यबद्धता गरेका छन् यो अन्यन्त राम्रो कुरा हो ।

‘दोस्रो चरणको चुनावमा एमालेको बहुमत जितका लागि युवा अभियान’

अब युवा संघ नेपालले छिट्टै हुन लागेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा नेकपा एमालेलाई विजय गराउनका निम्ति अभियानै सञ्चालन गरिरहेको छ । गत जेठ १४ गते पार्टीका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष बामदेव गौतमले हामीलाई झण्डा हस्तान्तरण गरेर यो अभियानको सुरुवात भइसकेको छ । र, अब हामी सबै साथीहरु पदाधिकारी, केन्द्रीय नेतृत्व बाँकी रहेका प्रदेशहरुको निर्वाचनमा सिंगो युवाहरुलाई परिचालन गर्ने ढंगबाट तल फिल्डमा लागिरहेका छौं ।

‘निर्वाचनले तराई मधेसमा पनि एमालेलाई नै पहिलो पार्टी बनाउँछ’

भर्खरै मात्र म वीरगञ्जमा फर्केर आएको छु । वीरगञ्ज, विराटनगर, जनकपुर लगायतका ठाउँहरुमा राम्रो अवस्था रहेको छ । र, मधेसमा अहिले सबैभन्दा ठूलो पार्टी नेकपा एमाले बन्नेछ ।

मधेसमा अत्यन्त राम्रो माहोल छ । भर्खरै मात्र म वीरगञ्जमा फर्केर आएको छु । वीरगञ्ज, विराटनगर, जनकपुर लगायतका ठाउँहरुमा राम्रो अवस्था रहेको छ । र, मधेसमा अहिले सबैभन्दा ठूलो पार्टी नेकपा एमाले बन्नेछ । अब हाम्रो धमाधम तराई मधेस लगायत बाँकी रहेका सबै ठाउँमा कार्यक्रम फिक्स भएका छन् र, हामी त्यता जादैछौं । मधेसका जनताको कुरा भनेको मधेसवादी दल भनेको एमाले नै हो, मधेसको विकास निर्माणका निम्ति, मधेसका जनताको हकहितको निम्ती एमाले नै लडिरहेको छ र तपाईहरु यहाँ आउनुपर्यो, लाग्नुपर्यो, कार्यक्रम गर्नुपर्यो, पार्टी र युवा संघलाई अझै व्यवस्थित ढंगबाट परिचालित गर्नुपर्यो भन्ने छ । र, यो निर्वाचनले तराई मधेसमा पनि एमालेलाई नै पहिलो पार्टी बनाउँछ । एमालेलाई भारी मतले विजयी गराउन हामी सम्पूर्ण जनतालाई अनुरोध गर्न चाहन्छौं ।

‘मधेसलाई पछाडि पार्ने, गरिबीमा राख्ने राजेन्द्र, उपेन्द्र र महन्थ नै हुन्’

विशेषगरी तराई मधेसका जनतालाई के भन्न चाहन्छौं भने आज मधेसका मुक्तिदाता हुँ भन्दै मधेसी जनतालाई लामो समयसम्म गरिबीमा राख्ने, अन्धविश्वासमा राख्ने कामको नेतृत्व र अगुवाई कसैले गरेको छ भने राजेन्द्र महतोले गरेको छ महन्थ ठाकुरले गरेको छ उपेन्द्र यादवले गरेका छन् । ५६–५६ जना तराई मधेसबाट मन्त्री भए । यिनीहरुले कहिल्यै मधेसको विकास निर्माणका निम्ति लागे या सामाजिक सांस्कृतिकरुपमा जुन असमानताहरु छन् तिनलाई अन्त्य गर्नको निम्ति यिनीहरु लागेका छन् ? र, यिनीहरुको मधेसप्रति विश्वासै छैन् । यिनीहरुको मुलुकमा ब्रह्मलुट गरेर कमाएको सम्पत्ति यिनीहरुले तराई मधेसमा घर बनाएका छैनन्, जम्मै काठमाडौंमा घर बनाएका छन्, ठूल्ठूला महलहरु बनाएका छन् । तराई मधेसका जनतालाई इमोशनल ढंगबाट ब्यालमेलिङ गर्दै यिनीहरुले खेलवाड गरिरहेका छन् । त्यसैले मधेसको हकहित र विकास चाहने पार्टी एमाले नै हो । एमाले अध्यक्ष ओली नेतृत्वको सरकारले नै मधेसमा अहिलेसम्मै बढी बजेट दिएको कुरा हामीसामु छर्लग्गै छ । त्यसकारण मधेसको शक्ति एमाले भएकाले जनताले विश्वास गर्छन् ।

‘जेल हाल्नुपर्ने मान्छेलाई पदक दिइयो’

के यो मुलुक भनेको प्रचण्डको वा शेरबहादुर देउवाको विर्ता हो, बकौती हो ? अनी मानपदवी भनेको प्रचण्ड र देउवाको ससुरालीबाट ल्याएको दाइजो, गोजीको रुमाल पनि त होइनन नी ! जसलाई मन लाग्यो जेमा मन लाग्यो त्यसमा दिने ?

गणतन्त्र आएको १० वर्षभन्दा बढी भइसक्यो । तर, गणतन्त्र आइसकेपनि नेपाली जनताले संघीय लोकतान्त्रिक गणतन्त्रको जुन ढंगबाट अनुभुति गर्नुपर्ने त्यो ढंगबाट अनुभुती गर्न सकेका छैनन् । व्यक्ति फेरिए, पात्र फेरिए, प्रवृति फेरिएको छैन् । के यो मुलुक भनेको प्रचण्डको वा शेरबहादुर देउवाको विर्ता हो, बकौती हो ? अनि मानपदवी भनेको प्रचण्ड र देउवाको ससुरालीबाट ल्याएको दाइजो, गोजीको रुमाल पनि त होइनन नि, जसलाई मन लाग्यो जेमा मन लाग्यो त्यसमा दिने । गणतन्त्रको अवसरमा राज्यले दिने मानपदवी भनेको नेपालको लाकतान्त्रिक आन्दोलनमा, राष्ट्रियताको आन्दोलनमा वा कुनैपनि खालको भूमिकाले नेपालको पहिचान अन्तर्राष्ट्रिय क्षेत्रमा बनाउन सफल व्यक्तिलाई मानपदवी दिइन्छ । त्यसबाट सम्मान गरिन्छ । तर, आज दुर्भाग्यको कुरा नेपालका ग्रामिण भुभागमा सूचना, सञ्चार प्रविधि पुर्याएर सञ्चारको क्रान्ति गर्दा अन्तर्राष्ट्रियस्तरको सम्मानित पुरस्कार म्यागसेसे पुरस्कार प्राप्त गर्ने महावीर पुनले गणतन्त्र दिवसको अवसरमा कुनै सम्मान पाउनुहुन्न् तर, एकैवर्षमा तीन तीन वटा श्रीमती विहे गर्ने र प्रधानमन्त्री प्रचण्डलाई तीन तीन वटा बुहारी भित्र्याएर आफ्नी श्रीमती सीतालाई काम गर्न सजिलो बनाइदिएवापत प्रचण्डले छोरा प्रकाशलाई समाजसेवी पदवी दिए । प्रकाशलाई के कारणले दिइयो, एक वर्षमा तीन वटा श्रीमती विहे गरेका कारणले दिइयो कि हिजो राजा ज्ञानेन्द्रको छोरा पारसजस्तै जाँडरक्सी खाएर हल्लिँदै दुनियाँलाई दुःख दिएको कारणले दिइयो कि मुलुकको स्रोत साधनलाई बर्बाद पारेको कारणले दियो कि के कारणले दिइयो ? अर्को त्यस्तै चाँहे उपराष्ट्रपतिका छोरा भन्नुस् चाहे मन्त्रीका छोराछोरीहरुलाई के कारणले दिइयो त ? नेपालको कुन मुभमेन्टमा उहाँहरुको योगदान छ र नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउनका निम्ति उहाँहरुले के भुमिका खेल्नुभएको छ ? आज नेपालको कानून निती नियमअनुसार जेल हाल्नुपर्ने मान्छेलाई जेलमा कोच्नुपर्ने मान्छेलाई गणतन्त्र दिवसको अवसरमा सेवा पदक, सम्मान पदकहरु दिनु भनेको सिंगो नेपालीहरुको शिर झुक्ने स्थिति हो । र, यो सरकारले जुन ढंगबाट पदक वितरण गर्यो यो त दिनेलाई भन्दा पनि थाहा पाउने वा हेर्नेलाई लाज भनेजस्तो भयो ।

‘प्रचण्ड आफू त सिद्धिए सिद्धिए, कांग्रेसलाई पनि समाप्त पार्दैछन्’

म प्रचण्डलाई भन्न चाहन्छु भरतपुर महानगरपालिका भनेको तपाईको छोरीलाई दाइजोमा दिने चिज वा वस्तु होइन् । तपाईलाई छोरी नै मेयर बनाउनु छ भने निर्वाचनबाट बनाउनुस् न ।

प्रचण्डलाई हामी भन्न चाहन्छौं जसरी महाभारत युद्धमा धृतराष्ट्रले आफ्नो छोरो दुर्योधनलाई राजा बनाउँछु भन्दा र त्यो मोहको कारणले आखिरमा महाभारत युद्ध भयो र कौरवहरु समाप्त भए, दुर्योधनहरु समाप्त भए, धृतराष्ट्र समाप्त भए । त्यस्तै आज प्रचण्डले आफ्नो पुत्रीमोहको कारणले छोरी रेणु दाहालको मोहको कारणले भरतपुरमा उनले ताण्डव नृत्य मच्चाउने काम गरिरहेका छन् । बालुवाटारबाट मतपत्र च्यात्न लगाउने वाइसीएलका दुई जना कार्यकर्तालाई मतपत्र च्यातिसकेपछि निर्वाचन आयोगलाई प्रभावित बनाएर मतपत्र च्यातेको होइन् त्यहाँ एकदमै कब्जा भएको हो त्यसो भएर पुन: निर्वाचन हुनुपर्छ भनेर निर्णय गर्न लगाउने जुन खालको नौटंकी मञ्चन गरिरहेका छन् त्यसले कमरेड प्रचण्ड आफू त सिद्धिए सिद्धिए, माओवादीलाई त सिध्याए सिध्याए नेपाली कांग्रेसजस्तो लामो समयसम्म लोकतन्त्रको निम्ती लडेको पार्टीलाई पनि समाप्त पार्दैछन्, सिध्याउँदैछन् । यो कुरामा नेपाली कांग्रेसका लोकतन्त्रवादी व्यक्तिहरुले बुझ्न आवश्यक छ, जसले विपीको समाजवादलाई पढेर नेपाली कांग्रेसमा लाग्नुभएको थियो उहाँहरुलाई सोच्नको निम्ति आवश्यक छ । आज प्रचण्ड आफू सिद्धिए, माओवादी सिध्याए, कांग्रेस पनि सिध्याउँदैछन् । त्यसमा हामीलाई दुःख लागेको र म प्रचण्डलाई भन्न चाहन्छु भरतपुर महानगरपालिका भनेको तपाईको छोरीलाई दाइजोमा दिने चिज वा वस्तु होइन् । तपाईँलाई छोरी नै मेयर बनाउनु छ भने निर्वाचनबाट बनाउनुस् न । अनि निर्वाचनबाट बनाउन नसक्ने भइसकेपछि षडयन्त्र गरेर, खेलोमेलो गरेर बनाउने दृष्टता नगर्नुस् । नेपाल प्रहरीको लेटरप्याडमा लेखिएको वक्तव्यमै वाइसीएलका फलानो फलानो दुई जना आए र यसरी उनीहरुले ९० मतपत्र च्याते भनेर । र, प्रहरीले प्रतिवेदनै दिइसकेको छ । अनि यो खालको नौटंकी गर्नु बेठिक कुरा हो । र, प्रचण्डको पेवा होइन भरतपुर महानगरपालिका । उहाँलाई दाइजोमा छोरीलाई केही दिनुछ भने अरु कुरा दिएहुन्छ । त्यसकारण अब हाम्रो माग भनेको भरतपुरमा तुरुन्त मतगणना हुनुपर्यो, नतिजा जे होस रेणु दाहालले जितोस कि देवी ज्ञवालीले जितोस् त्यो ठूलो कुरो होइन् । हामीलाई लोकतन्त्रले जित्नुपर्छ र प्रक्रियाअनुसार हुनुपर्छ । भोलि यो गलत नजिर नहोस्, आज एउटा व्यक्तिलाई चुनाव जिताउने नाममा भोलि नेपालमा कहिल्यै निर्वाचन नहुने खालको परिस्थिती सिर्जना नहोस् । हाम्रो कुरा त्यति मात्रै हो । हामी विधिको शासन चाहन्छौं ।