१५ कार्तिक २०८३, आइतबार

आइसक्रिम खानुअघि पहिला यो समाचार पढ्ने कि ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ जेठ । नेपाल डेरी उद्योगको मिल्कबार नामक आइसक्रिममा आउँदो २०७४ भदौको उत्पादन मिति राखेर बिक्री गर्ने गरेको खुलासा भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन टोलीले सोमबार ललितपुरस्थित नेपाल डेरी उद्योगमा अनुगमन गर्ने क्रममा आउँदो भदौ १० र ७ गतेको मिति राखेको मिल्कबार नामक आइसक्रिम बजारमा बिक्रीका लागि पठाउने खुलासा भएको हो । गोरखापत्र दैनिकले समाचार छापेको छ ।
विभागका अनुसार विभागको फेसबुक फेजमा एक जना सचेत उपभोक्ताले गएको आइतबार मैतिवेदीस्थित एउटा किराना पसलमा सो डेरीबाट उत्पादित आइसक्रिम आउँदो भदौको ११ गतेको उत्पादन मिति राखेर बिक्री भएको जानकारी आएको थियो र सोही सूचनाका आधारमा विभागले उक्त उद्योगको अनुगमन गर्ने क्रममा तीन महिनापछिको उत्पादन मिति उल्लेख गरेर आइसक्रिम बिक्री गरेको पाइयो ।

विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले नेपाल डेरी उद्योगले तीन महिना पछाडिको उत्पादन मिति लेखिएका ४० मिलिलिटर दरका २० थान प्रतिकार्टुन रहेका ५१ कार्टुन नष्ट गरिएको जानकारी गराए ।

उक्त आइसक्रिम उत्पादक उद्योगका प्रतिनिधिसमेतको उपस्थितिमा नष्ट गरिएको जानकारी गराउँदै उनले भविष्यको उत्पादन मिति भएका उक्त मिल्क बार बजारबाट फिर्ता गरी सोको अभिलेख तथा आवश्यक कागजातसहित उद्योगका सञ्चालकलाई खाद्य ऐन २०२३ बमोजिम कानुनी कारबाही गरिने बताए ।

साथै सम्बन्धित उद्योगलाई तीन दिनभित्र विभाग विभागमा उपस्थिति हुन पनि पत्रचार गरिसकेको प्रवक्ता वास्तीले जानकारी गराए । उनले भविष्यको उत्पादन मिति भएका कुनै पनि खाद्य वस्तु खरिद नगर्न उपभोक्तालाई आग्रह गरे ।