१५ कार्तिक २०८३, आइतबार

गणतन्त्रमा को–को भए प्रधानमन्त्री ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ जेठ ।

११ वैशाख ०६३ मा प्रतिनिधिसभा पुनस्र्थापना भएपछि कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार बन्यो । जनआन्दोलनमा सहभागी सात दल तथा १० वर्षे विद्रोह गरेको माओवादीसँग शान्तिसम्झौता भयो । अन्तरिम संविधान जारी भएपछि माओवादी पनि सहभागी भएको कोइराला नेतृत्वकै सरकारले संविधानसभा निर्वाचन गरेको थियो । नयाँपत्रिका दैनिकले समाचार छापेको छ ।

०६४ को संविधानसभा निर्वाचनमा माओवादी देशकै ठूलो पार्टी भएपछि अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बन्यो । २० भदौ ०६५ मा प्रचण्डले एमाले, मधेसवादी दललाई साथमा लिएर सरकार बनाए । त्यो सरकार नौ महिना चल्यो ।

११ जेठ ०६६ मा एमाले नेता माधवकुमार नेपालको नेतृत्वमा कांग्रेस, राप्रपा, फोरम, माक्र्सवादीलगायत अन्य साना पार्टीहरूसमेत सहभागी भएर सरकार गठन भयो । माओवादी विपक्षमा थियो । नेपालले सातपटक मन्त्रिपरिषद् पुनर्गठन गर्दै एक वर्ष आठ महिना सरकार चलाए ।

२३ माघ ०६७ मा नेपाल नेतृत्वको सरकार प्रतिस्थापन गर्दै एमालेकै तत्कालीन अध्यक्ष झलनाथ खनालको नेतृत्वमा नयाँ सरकार बन्यो । माओवादी, फोरमलगायतका दलको समर्थनमा खनाल प्रधानमन्त्री भएका थिए । त्यतिवेला प्रधानमन्त्री निर्वाचनमा १७ पटक सम्म पनि संसद्मा निर्वाचन भयो । कांग्रेसका रामचन्द्र पौडेल, माओवादीका प्रचण्ड र एमालेका झलनाथ खनाल चुनावी मैदानमा थिए । तर, अन्तिममा माओवादीको समर्थनमा खनाल प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । खनालले दुईपटक मन्त्रिपरिषद् पुनर्गठन गर्दै सात महिना सरकार चलाए ।

१२ भदौ २०६८ मा मधेसकेन्द्रित दलदेखि साना दलको समर्थन लिएर तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराईको नेतृत्वमा नयाँ सरकार बन्यो । दुई ठूला पार्टी कांग्रेस र एमाले विपक्षमा थिए । दुईपटक मन्त्रिपरिषद् पुनर्गठन गरेका भट्टराईले एक वर्ष सरकार चलाए ।

१ चैत ०६९ मा सर्वाेच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीलाई दलहरूले सरकारको नेतृत्व सुम्पिए । दोस्रो संविधानसभाको निर्वाचन गराउन बनाइएको सो सरकारमा कर्मचारी सम्मिलित ११ सदस्यीय मन्त्रिपरिषद् थियो ।

२९ माघ ०७० मा कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा सरकार गठन भयो । संविधानसभाको दोस्रो निर्वाचनपछि कांग्रेस पहिलो पार्टी भएको थियो । संसद्मा दोस्रो स्थानमा रहेको एमालेलगायत दलहरूलाई साथ लिएर कोइरालाले सरकार बनाएका थिए । उनले एकपटक मन्त्रिपरिषद् पुनर्गठन गरे, एक वर्ष आठ महिना सरकार चलाए ।

२५ असोज ०७२ मा एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्यो । माओवादी, राप्रपा, फोरम लोकतान्त्रिक, राष्ट्रिय जनमोर्चासहितको समीकरणमा ओली नेतृत्वको सरकार बनेको थियो । ठूलो दल कांग्रेस र मधेसवादी दल विपक्षमा थिए । ओलीले १० महिना सरकार चलाए । १९ साउन ०६३ मा माओवादी अध्यक्ष प्रचण्ड कांग्रेस–माओवादी गठबन्धनमा दोस्रोपटक प्रधानमन्त्री बने । कांग्रेस–माओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने भद्र सहमतिका आधारमा प्रचण्डले १० जेठमा राजीनामा दिएर कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्दै छन् । उनको सरकार १० महिना चल्यो ।

२१ जेठ २०७४ मा नयाँ प्रधानमन्त्रीका लागि व्यवस्थापिका–संसद्मा निर्वाचन हुँदै छ । कांग्रेस, माओवादी, राप्रपा, लोकतान्त्रिक फोरमलगायतका दलको गठबन्धनमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित हुँदै छन् ।