काठमाडौं, २३ जेठ । नेपाल टेलिकमले ‘सरकारी टेलिफोन नम्बर व्यक्तिका नाममा दर्ता नभई सम्बन्धित सरकारी निकायकै नाममा दर्ता रहेको’ स्पष्ट गरेको छ ।
गोरखापत्र दैनिकको सोमबारको अङ्कमा प्रकाशित ‘सरकारी टेलिफोन नम्बर व्यक्तिका नाममा दर्ता’ समाचारका सम्बन्धमा टेलिकमले ‘समाचारमा उल्लेख भएका नम्बर आफ्नो डेटाबेसमा भने जसको नाम (कार्यालय वा व्याक्ति) मा दर्ता छन् उसैका नाममा रहेको, त्यसमा तलमाथि केही पनि नभएको जानकारी दिएको छ ।
ट्रुकलर जस्ता एप जुन मोबाइलमा डाउनलोड गरिन्छ, त्यो मोबाइलमा सेभ गरिएका नम्बरलाई त्यस्ता एपले आफ्नो डेटावेसमा राख्ने र ट्रुकलर जस्ता एप डाउनलोड गरेका अरु प्रयोगकर्तालाई त्यही डेटावेसबाट जानकारी दिने गर्छ । त्यसैकारण यो नेपाल टेलिकमले दर्ता गरेको भन्ने होइन, नेपाल टेलिकमले स्पष्ट गरेको छ । गोरखापत्र दैनिकले समाचार छापेको छ ।
ट्रुकलरमा कसरी नाम सच्याउने
ट्रुकलर एपले तपाईंको र तपाईंको कार्यालयको नाम गलत देखाउने गरेको छ भने त्यसलाई सजिलै सच्याउने सुविधा ट्रुकलरले दिएको छ । त्यसका लागि ट्रुकलरको वेभसाइटमा जानुहोस् । होमपेजमै नम्बरबाट नाम ‘सर्च’ गर्ने सुविधा छ । नाम आएपछि त्यसमा ‘सजेस्ट अ बेटर नेम’ सुविधा उपलब्ध छ ।
त्यहाँ गएर नाम परिवर्तन गरेपछि ट्रुकलरले ४८ घण्टा भित्र त्यस्ता नामहरूलाई ‘अप्रुभ’ गर्नेछ । यदी तपाईँलाई त्यस्ता नाम द्रुत गतिमा सच्याउनुपर्ने छ भने इमेल गर्ने सुविधा समेत छ ।












प्रतिक्रिया