झापा, २० जेठ । झापा जिल्लाको शिवसताक्षी ९ चिल्लागढकी ५५ वर्षीया चन्द्रकला फुयाँलको कोठेवारीमा साढे ४ फिट लामो र १ फिट गोलाईका घिरौंला फलेका छन् ।
घिरौंलाले स्थानीय गाउँलेलाई मात्र आश्चर्यचकित बनाएन, तीस वर्षसम्म कृषि क्षेत्रमा काम गरेका सरकारी अधिकारीलाई समेत आश्चर्यमा पारेको छ ।
फुयाँलको कोठेवारीमा फलेको घिरौंला हेर्न आउनेहरू छक्क पर्छन् । ‘यस्तो अचम्मको तरकारी त मेरो बारीमा कहिल्यै फलेकै थिएन’, फुयाँलले भनिन्, ‘घिरौंला १५ दिन अवधिको हो ।’
घिरौंलाको पात, बोट अनौठो अर्थात स्थानीय घिरौंलाकै जस्तो तर केही फरक प्रकृतिको छ । सात दिनमा दुई फिटभन्दा माथि भएपछि ग्रामीण कृषि कार्यकर्ता डेगनाथ गुरागाईँलाई करेसाबारीमा लगेर उनीहरूले जानकारी दिए ।
चैत १८ गते रोपेको घिरौंला वैशाखको २५ गतेदेखि तरकारीको लागि योग्य भयो । एउटा बोटमा ८ वटा जति घिरौँला फलेको छ । बोटले थाम्न नसकेपछि घिरौँलालाई टेका दिएर फुयाँलले बाँधेकी छन् ।















प्रतिक्रिया