२९ आश्विन २०८३, बिहिबार

सपिङ गर्न नांगै !

11.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

संसार पनि बिचित्रको छ । कहीँ अनुहार समेत छोपेर बुर्का लगाउने पर्ने, कहीँ भने सपिङ गर्न जाँदा ससमेत नांगै ।

यस्तै पत्याउनै मुस्किल हर्कत गरेकी छिन्, पोल्यान्डकी एक युवतीले ।सपिङ मलमा नांगै पुगेकी उनलाई मलको बिल तिर्ने लाइनमा नांगै देखेपछि सबैजना दंग परे । त्यहाँ भएका सबैले विभिन्न प्रतिक्रिया पनि जनाए । तर, त्यसले उनलाई कुनै फरक पारेन । उनी आफ्नो बिल तिर्ने लाइनमा चुपचाप उभिइरहिन् । उनले त्यहाँ स्यान्डविच र पेय पदार्थ किनेकी थिइन् । सुरुमा उनले कुनै प्रतिक्रिया नजनाएपछि अरू पनि चुपचाप लागे । सबैले सोचे, यो सामान्य घटना हो ।

तर, त्यही ठाउँमा आफ्नो बिल तिर्न उभिएका एक युवकले भने ती महिलाको हर्कत आफ्नो मोबाइलले खिचे । ती युवकले नांगै महिलालाई देखेपछि तेल भर्न आफ्नो गाडी रोके । ती महिला भने पेट्रोल पम्प नजिकैको सपिङ स्टोरमा गइन् र सामान किनिन् । ती युवकले पनि उनलाई मोबाइलमा कैद गर्दै पछ्याए । ती युवतीले सामान्य ढंगमा हिँडेपछि मोबाइलमा उनलाई कैद गर्न सुरु गरेका युवक पनि त्यस घटनालाई सामान्य मान्न बाध्य भए ।