३० आश्विन २०८३, शुक्रबार

रेणुले किन जसरी पनि जित्नै पर्ने ?

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्वाभाविकता नै प्राकृतिक र स्थिर हुन्छ भन्ने सर्वमान्य मान्यता हो । तर यो मान्यतालाई उल्टाउने र जसरी पनि आफू अनुकुलको परिभाषामा रम्नेहरूको यो रवैयाले आफनो र पार्टीको स्थान कहाँ पुग्यो भन्ने कुराको गहनता खोज्नु आवश्यकता हुन्छ । जसरी पनि जित्नुपर्ने मान्यताका साथ अगाडि वढेको माके गठवन्धन र त्यसको प्रतिनिधि पात्र रेणु दाहाल आम नेपाल र नेपाली माझ मात्र नभई विश्वको ईतिहासमा समेत कलंकित हुन पुगेको छ ।

यथार्थ धरातल लाई लुकाएर वनावटी व्यवहार आम नेपाल र नेपालीको लागि लाज को विषय वनिरहेको छ । यो सवै लाजको लजौटा नसकी नसकी छोप्न लालयित रेणु र पुष्पकमल दाहाल प्रचण्ड झन् झन् नाङ्गिदै गइरहेका छन् । यथार्थता मनन गर्न सक्ने क्षमता भएको देशमा सधै लाटो देशमा गाडो तन्देरी हुन सक्दैन । प्रधानमन्त्री प्रचण्ड होस वा पुत्री रेणुले दिएको अभिव्यक्ति नेपाली राजनीतिका लागि पाच्य छैन । अन्धाले समेत विचार गर्न सक्ने विषयमा समेत उद्येलित हुनु भनेको झन आफनो हैसिहयत र कमजोर मानसिकताको उपज शिवाय अन्य केहि हुन सक्दैन ।

स्थानिय निकायको चुनावको परिणाम आएर काम समेत शुरु भएको सन्दर्भमा भरतपुर महानगरपालिकाको जात्राले भने अन्तराष्ट्रिय क्षेत्रमा समेत चासो वनेको छ । किनकि त्यो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको क्षेत्र हो, त्यसमाथी त्यसमा प्रधानमन्त्रीले नेपाली कांग्रेससँग तालमेल गरेर जसरी पनि जित्नुपर्ने मान्यताका साथ छोरी रेणु दाहाललाई मेयरको उम्मेदवार वनाएको थियो । नेपाली कांग्रेसको जिल्ला नेता तथा कार्यकर्ताको विरोधको वावजुद पनि जसरी पनि मेयर वनाउनुपर्ने सोचमा रहेको प्रधानमन्त्री प्रचण्ड नेपाली कांग्रेससँगको गठजोडसँगको वावजुद पनि नेकपा एमालेसँग हार्ने स्थितीमा पुगेपछि मतपत्र च्यात्न लगाउने र त्यसपछि निर्वाचन आँचारसहितामा टेकेर पुन मतदान गरि जसरी पनि जित्ने ध्येयमा लागेको छ ।

जुन कुरा आम नेपालीलाई मात्र होइन अन्तर्राष्ट्रिय जगतमा समेत माओवादीको वद्यख्याई हो भन्ने वुझेको छ । भरतपुर महानगरपालिकाको १९ र २० वडा गन्न बाँकी रहेको अवस्था र वडा नं १९ को करिव १८०० मत गणना गर्दा समेत नेकपा एमालेको देवी ज्ञवाली करिव ७३३ मतले अगाडि भएपछि र जसरी पनि जित्न का लागि गरिएको तिकड्मको नतिजा नै हो भरतपुरको मतपत्र च्यातिनु , त्यसमाथी पनि स्वयं सुरक्षा प्रमुखले नै माओवादीको प्रतिनिधिले मत च्यातेको अवगत गराउदाँ पनि माओवादी केन्द्र र कांग्रेसले विज्ञप्ति नै निकालेर एमालेले मतपत्र च्यात्यो भनेर चित्कार्नु भनेको हतास मनस्थिती मात्र हो । माओवादी र नेपाली कांग्रेसको यो मुढेवल र ज्यादती आम नेपाली जनतालाई सहज मानेको छैन ।

विधि र सिद्धान्तको विपरित गएर जसरी पनि जित्ने नाममा जग हसाईरहदाँ र हार्ने देखेपछि मतपत्र च्यात्ने र पुन मतदान गर्ने हो भने भोलि हुने चुनावको परिणाम कसरी आउन सक्दछ, सम्माननीय प्रधानमन्त्री ज्यले सोच्नुपर्ने दिन आएको छ । सर्वस्वीकार्यता र सर्वमान्य सिद्धान्त, विधिको शासन स्थापित गर्ने सरकार प्रमुख नै छोरीलाई जसरी पनि जिताउने मानसिकतामा लागिरहँदा आम सर्वसाधारणको मनमा के उव्जियो होला, सोचनीय विषय वनेको छ । जनताको मनमा रहेर जनताको माझमा काम गर्न जाने व्यक्तिको यो उदण्डताले भोलिका दिनमा आईपर्ने समस्याका लागि कसले समाधान गर्ला ।

निश्चिय पनि रेणु दाहाल प्रधानमन्त्री प्रचण्डका छोरी हुनुका नाताले जित्नै पर्ने हो भने भोलिका दिनमा राजनीति र विचार, दर्शन र जनमतको कदर किन गर्नु ? यहि परिपाठी लाई टेकेर सधै झुट, दम्भ र सत्ताको आडमा जे गरेपनि हुनेछ । होईन भने निश्चित मत, त्यहि पनि हार्ने निश्चित भईसकेको सन्दर्भमा दुर्नियतले च्यातेको मत वाहेक अरु मतलाई मतगणना गरेर जनताको मत सम्मान गर्न सक्नु पर्दछ । होइन भने लोकतन्त्र, गणतन्त्रको दुहाई दिनु भनेको त्यसको उपहास गर्नु शिवाय केही हुन सक्दैन । देशका यति धेरै ठाँउमा शान्तिपूर्ण मतगणना सकिनु, तर रेणु दाहाललाई जिताउने नाममा वन्धक वनाउनु, जनमतको उपेक्षा गर्नु भनेको घोर लोकतन्त्र विरोधी कार्य हो । च्यातिएको मतलाई सुरक्षित राख्दै बाँकी मत गणना गर्नु नै अहिलेको मुख्य कार्यभार हो ।

लोकतन्त्रमा जित हार स्वाभिाविक हुन्छ । त्यसलाई आत्मासात गर्न नसक्नु भनेको झन ओरालो लाग्नु शिवाय केही हुन सक्दैन । प्रधानमन्त्री प्रचण्डको स्थानीय चुनाव सम्पन्न गरेर वढेको मान प्रतिष्ठालाई भरतपुरकाण्डले धमिल वनाइदिएको छ । परिस्थिती सहज वनाउनु भन्दा झन वढाउदै जानु भनेको प्रधानमन्त्री प्रचण्डको ओरालो यात्रा शिवाय केही हुन सक्दैन ।

पहिलो कार्यकाल भन्दा युगिन प्रधानमन्त्री वनेका प्रचण्डले छोरी जिताउने नाममा पुन मतदान गरेर रेणु दाहाललाई जितायो भने त्यो भन्दा अभिसाप अरु हुन सक्दैन । देशले नै जितेको वेलामा छोरी जिताउने नाममा गरिने क्रियाकलाप व्यक्तिगत रुपमा हानी त हुने नै भयो राजनैतिक र भोलि हुने चुनावमा समेत त्यसले पार्ने प्रभावले देश लाई नै थप जटिलता तर्फ उन्मुख गराउदछ । जुन कुरा वुझन प्रचण्डले ढिलाई गर्नु हुदैन । त्यसले पार्ने कलंकितताले प्रचण्डको शिर कहिल्यै उठ्न सक्दैन ।

रेणु दाहाललाई जिताउनका लागि राज्यपक्षवाट भएको आर्थिक दोहन, भरतपुरमा कांग्रेसको मत किन्न प्रयोग गरिएका करोडौ आर्थिक पक्षहरू मिडियाहरूमा छयाप्छयाप्ती आईसकेका छन् । व्यक्ति जित्नका लागि राज्यकोषको ढुकुटी दहन कति जायज कति नाजायज ? त्यसमाथि भरतपुरको त्यो नाङ्गो नाँचले प्रचण्डको विस्तारै खुलेको छविमा कालो वादल मढारिने निश्चित छ । छोरीले जित्दा देश जित्ने र आफूले जित्ने अभिलाषा पाल्नु भनेको मुर्खता शिवाय केही होइन ।

विधी र विधानको पालना गर्ने, संहार गर्ने व्यक्ति नै छोरी जिताउनका लागि गरिने यी कुव्यवहारहरू क्षणिक आत्मरतिमा रमाउनु शिवाय केहि हुन सक्दैन । जनमतको सम्मान गर्दे अगाडि वढ्नु नै प्रधानमन्त्री प्रचण्ड र देशका लागि उत्तम उपाय हो । नकि छोरी का लागि राज्यसंयन्त्र नै दुरुपयोग गरेर जग हसाउँदा भोली हास्नका लागि आधार नै समाप्त वन्न सक्ने कुरामा वेलामा नै हेक्का राख्ने कि ?