३० आश्विन २०८३, शुक्रबार

जन्मजातै काँग्रेस र एमाले हुँ भन्नेहरुलाई रञ्जु दर्शनाको झापड

6.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– बी.बी श्रेष्ठ

व्यग्रताका साथ हेरिएको स्थानीय निकायको चुनावी परिणामले नेकपा एमालेलाई पहिलो पार्टी बनाएपछि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावी नतिजाको गम्भिर समिक्षा हुनुपर्ने बताए । पुरानो र विगतदेखि नेपाली काँग्रेस पहिलो पार्टी बन्दै आइरहेको सन्दर्भमा अहिले भएको पहिलो चरणको निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी बनेको सन्दर्भमा वरिष्ठ नेता पौडेलले यसको समिक्षा उठाउनु सान्र्दभिकता भएता पनि काँग्रेसको भूमिका कस्तो रह्यो भन्ने कुरालाई गहन अध्ययन गरेको पाइँदैन । विगतको ब्याज खान पल्केको नेपाली काग्रेस अहिले पनि त्यही ब्याजवाट पहिलो पार्टी बन्नेमा विश्वस्त रहेको थियो । तर एक्काईसौ शताव्दीको नेपाली जनता र सचेत जनताको सही मुल्यांकनका कारण हाम्रो होइन्, राम्रो व्यक्ति हुनुपर्ने कुरामा प्रष्ट देखियो । यद्यपी यो सोचमा अझै केहि समयको अन्तरालमा धेरै परिवर्तन देख्न सकिने कुरामा काठमाडौ महानगरपालिकाको रन्जु दर्शनाको प्राप्त मतले पनि प्रष्ट पारेको छ । जसलाई सवैले बेलामा नै मनन गर्नुपर्ने देखिन्छ ।

लेखकः बी.बी श्रेष्ठ

वरिष्ठ नेता पौडेलले सभापति देउवासँग यावत हारका कारण देखाइसकेपछि त्यसको गम्भिर समिक्षा गरेर निचोडका साथ अगाडि बढ्नुभन्दा पनि त्यसै उठेर हिड्नुले नै नेतृत्वको असक्षमता खडा भएको छ । विगतमा भएको परिणामको श्रृखला पनि त्यही हो । त्यो भन्दा माथि गएर सोच्नु भनेको फगत मुर्खता हो । किनकी जो सँग जे छ, त्यही नै देखाउने हो नकि उसँग भएको भन्दा बढी सोच्ने भनेको सोच्ने व्यक्तिको नै मुर्खता हो । जुन ईतिहासमा प्रष्ट भइसकेको छ । भलै पहिलो चोटीको स्थानीय तहको निर्वाचनमा मतदाताको मतदाता शिक्षाको अभाव र पहिलो अनुभवको कारण पनि उल्लेख्य सुधार हुन नसकेपनि विगतमा नेपाली काँग्रेसले सँधै आफनो विर्ता सम्झनेको गढमा समेत एमालेको जितले साँच्चै जनताहरु सचेत भइसकेको कुरालाई अवगत गराउदँछ । सधै जनतालाई दास प्रवृत्ति र जे गरेपनि हुन्छ भन्ने मानसिकताको उपजले नै अहिलेको परिणाम आएको हो भन्नलाई गाह्रो मान्नु पर्देन । समयको गतिशिलतासँगै आम व्यक्तिको गतिशिलता हुने गर्दछ भन्ने कुराको चुरो बुझ्नु पर्दछ । स्थानीय निकायको चुनावमा हामीले जितेको क्षेत्र हो भन्दैमा सँधै जितिन्छ भन्ने मानसिकता राख्नु भनेको कमजोर क्षमता हो । जनताको प्रत्यक्ष जनजीवनसँग सरोकार नराख्ने, समाज र देश र जनभावनाको कदर नगर्ने, सत्ता र सरकारमा हुँदा जे गरेपनि जायज हुन्छ भन्ने मानसिकताले ग्रसित हुनु भनेको कमजोर हुँदै जानु हो ।

हामी त जन्मै काँग्रेस, बुवा पनि काँग्रेस, हजुरबुवा पनि काँग्रेस, त्यसैले हामी सवै काँग्रेस । बुढा बा’को जबाफले अवाक बनायो । न विचार, न नेतृत्वको क्षमता, न योजना, न कार्यक्रम, न सिद्धान्त, तैपनि जन्मजातै काँग्रेस, बिपीको कर्मले ठूलो भएको काँग्रेस सँधै त्यसको ब्याज खानुभन्दा पनि समय र जनताको कर्ममा लिन भएर ठूलो वन्नुपर्दछ भन्ने कुरामा अब चुक्नु हुँदैन ।

यद्यपि दोश्रो चरणको निर्वाचनपश्चात समग्र देशवाट आउने परिणामले पार्टीको लोकप्रियता मापन भएता पनि नेकपा एमालेले खेलेको राष्ट्रियता, देशभक्ति र स्वाभिमानको नारा यो चुनावका लागि मुख्य कसी बनिदियो । संविधान निर्माणमा खेलेको अगुवा भुमिका होस वा सरकारमा रहेर भारतीय नाकाबन्दीको चर्को सामना, स्वतन्त्रता, स्वाभिमान र सार्वभौम देशको नाराले नेपाल र नेपालीको मात्र होइन, सिंगो विश्वमा समेत यसले सकारात्मक भूमिका खेलिदियो । स्वाभिमानको रक्षा गर्ने जनताहरु मात्र होइन, जीवनभर कागेसमा आस्था राख्ने अगुवाहरु समेत एमालेले खेलेको भूमिकाका कारण नतमस्तक वनिदियो । जनताको प्रत्यक्ष सरोकार राख्ने विषयमा मलजल गर्ने काम गरेको एमालेले वृद्धभत्ता वृद्धि होस वा कर्मचारीको तलवभत्ता वृद्धि, स्वास्थ्य शिक्षा रोजगारको विषयमा खेलेको भूमिकाले उचो वनाइदियो । कम्युनिष्टहरु स्वयं विचारलाई प्रधानता दिने गर्दछ नकि कि बल र पैसामा । एमाले तुलनात्मक रुपमा नेपाली कँगे्रस भन्दा कम भएता पनि सांगठनिक रुपमा मजवुत रहेको थियो । विचार र दृष्टिकोणमा अडिग रहेको आम कार्यकर्ताको अटुट भावना र जनताप्रतिको आस्था र विश्वासका कारण पनि एमाले पहिलो पार्टी वन्न पुग्यो । वडामा बिसौँ लाख खर्च गर्न सक्नेका लागि पाँच हजार मात्र खर्च गरेर चुनाव जित्ने अवश्थाको सिर्जना हुन पुग्यो । यसको मुख्य कारण भनेको नेकपा एमालेको संगठन र जनताप्रतिका आस्था र भरोसा वनिदियो । काठमाडौँ, पोखरा जस्ता महानगरमा अत्याधिक मत ल्याएर विजेता वनेको एमाले भरतपुरमा देउवा र प्रचण्डसँग एक्लै लडिरहेको छ । त्यसमाथि सत्तापक्षवाट भएको धाँधली र जताबाट पनि जित्नका लागि गरिएको हत्कण्डाले झन् काँग्रेस र माओवादीको भूमिकामाथि प्रश्न चिन्ह खडा भएको छ । हिजोका दास र सामन्ती युगवाट उठ्न नसकेको नेतृत्व गणका कारण आम काँग्रेसी र माओवादी कार्यकर्ताहरु पनि नेतृत्वका कारण निर्लज्जताका साथ हिँड्न विवश बनेका छन् । जसरी पनि जित्नुपर्ने माओवादी र काग्रेसको एकमात्र अडानले गर्दा झन झन नेकपा एमालेमा जनताको आस्था बढिरहेको कुरालाई वुझन सकिन्छ ।

चुनावका दौरान अहिलेसम्म त काँग्रेसमा भोट हालियो, अब त झन वुढेसकालमा अरुलाई भोट हालिदैन, किन भोट काँग्रेसलाई भन्ने प्रश्न तेर्सियो । हामी त जन्मै काँग्रेस, बुवा पनि काँग्रेस, हजुरबुवा पनि काँग्रेस, त्यसैले हामी सवै काँग्रेस । बुढा बा’को जबाफले अवाक बनायो । न विचार, न नेतृत्वको क्षमता, न योजना, न कार्यक्रम, न सिद्धान्त, तैपनि जन्मजातै काँग्रेस, बिपीको कर्मले ठूलो भएको काँग्रेस सँधै त्यसको ब्याज खानुभन्दा पनि समय र जनताको कर्ममा लिन भएर ठूलो वन्नुपर्दछ भन्ने कुरामा अब चुक्नु हुँदैन । जिम्मेवार नयाँ अध्यक्षज्यूले भन्नुभयो, विकास त नियमित भइहाल्दछ नि यो त गर्नेपर्देन । अझै पनि पुरातनवादी त्यही सोचमा बसेको नेतृत्ववाट पुनः विकास र गतिशिलताको आशा राख्नु भनेको हामी आफै मुर्ख र नरपशु शिवाय केही हुन सक्दैन, फेरि पनि भन्न मन लाग्यो, मत हजुर जन्मजातै एमाले, जन्मजातै काग्रेस, टिकट पाउने व्यक्ति जस्तो सुकै किन नहोस ? मेरो भोट काँग्रेसलाई, एमालेलाई । योग्यता, क्षमता लाजले लुकिरह्यो ।

जनताका काम गरेर मन जितेर पहिलो पार्टी बन्नुभन्दा पनि काँग्रेसले विपीको ब्याज, एमालेले मनमोहन र मदन भण्डारीको ब्याज खाइरहने कहिलेसम्म ?

समयको गतिशिलतासँगै परिवर्तन हुन नसकेपछि कमजोर हुने कुरा स्वयंसिद्ध तथ्य हो । जनताका काम गरेर मन जितेर पहिलो पार्टी बन्नुभन्दा पनि काँग्रेसले विपीको ब्याज, एमालेले मनमोहन र मदन भण्डारीको ब्याज खाइरहने कहिलेसम्म ? यो संचारले उल्लेख्य फड्को मारेको सन्दर्भमा बुढा बुवाको विचार झै सधै काग्रेस र एमाले भन्ने विचारले अव प्रशय पाउन सक्दैन । इतिहासमा कसैको पनि सदावहार जित भएको पाइएको छैन् भने एक शताव्दीसम्म हालीमुहाली नगरेका पार्टीहरु नेपालको राजनीतिमा सधै हालीमुहाली गर्दछु भनेर सोच्नु भनेको रुखको हाँगामा बसेर फेद काट्नु भन्दा फरक हुँदैन । अवसरको यो समयमा हिजो गरेका प्रतिबद्धताहरुलाई मनन गरेर जनताको हितमा काम गरेर अगाडि वढ्नु नै सबैको लागि सर्वोत्तम उपाय हो । नभए राणाशासन होस वा राजतन्त्र त विलाएर गए भने अन्य को अस्तित्व हराउन धेरै समय लाग्दैन भन्ने कुरा नेपालका राजनैतिक दलहरु र नेतृत्वले वुझन विलम्व गर्नु हुँदैन ।

अहिलेका दलहरुले दास प्रवृत्ति तत्कालै हटाएनन भने यिनीहरु इतिहासको पानामा मात्र रहनेछन । किनकी शहरमा रञ्जु दर्शनाहरु हुर्किएका छन्, यस्ता रञ्जुहरु गाउँमा पनि छन् । जो भोलिका लागि दलहरुलाई गतिलो झापड बन्न सक्छन् ।