१ कार्तिक २०८३, आइतबार

भारतीय चर्चित गायकले राजालाई भने – ‘म सँधै नेपाल र नेपालीको सच्चा साथी हुँ’

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 अमेरिका । डिस्को किङ्गका रुपमा ख्याति कमाएका भारतका चर्चित गायक बप्पी लहिरीले आफू सँधै नेपाल र नेपालीको सच्चा साथी भएको बताएका छन् ।

अमेरिकाको विभिन्न सहरमा आफ्नो सांगीतिक यात्रामा आएका लहिरी एटलान्टामा भने आश्चर्यचकित भए, जतिबेला नेपालका तर्फबाट मानार्थ पर्यटन दूत राजा घले मायाको चिनो प्रदान गरे ।

कार्यक्रमको मध्यान्तरमा आयोजक समितिले प्रायोजक र सहयोगीहरुलाई मञ्चमा बोलाएर सम्मान गरेका थिए,, त्यति नै बेला नेपाल र नेपालीकातर्फबाट पर्यटनदूत घलेले मायाको चिन्नो स्वरुप एक प्लाक (धातुको पाता) गायक लहिरीलाई प्रदान गरेका थिए ।

उनले भने – ‘म नेपाल गएको छु । र, म सँधै नेपाल र नेपालीको सच्चा साथी हुँ, म नेपालको लागि अवैतनिक राजदूतजस्तै हुँ । नेपाल र नेपालीले सम्झेको खण्डमा कुनै पनि बेला म आउनेछु ।’

मे २० तारिखका दिन बप्पी लहिरीको कन्सर्ट गुजरात समाज अफ एटलान्टाको भवनमा एटलान्टा इभेन्ट एण्ड प्लान्नरका संस्थापक रामजान बिरानीले आयोजना गरेका थिए । निकै लोभलाग्दो कार्यक्रम साँझको ९ बजेबाट सुरुवात भएर १२ बजे सकिएको थियो ।