१ कार्तिक २०८३, आइतबार

नेपाल राष्ट्रिय फुटबल टिमका प्रशिक्षक शाक्य बेलायतमा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

केन्ट । लन्डन हिथ्रो एयरपोर्टमा “एफ सी केन्ट भेटेरेन, बेलायत” को स्पोन्सरमा नेपाल राष्ट्रिय फुटबल टिमकोच तथा सहायक मेनेजर राजुकाजी शाक्य बेलायत आई पुगेका छन् ।

फुटबल खेलबाट नेपाल राष्ट्रलाई प्रतिनिधित्व गर्ने, राष्ट्रकै गहना फुटबल खेलाडी राजुकाजी शाक्यले सन १९८१ सालबाट शुरु गरेर सन १९९७ सम्म खेलाडीको रुपमा नेपालकै ईतिहासमा सबैभन्दा लामो समयसम्म खेलेका थिए ।

उनले राष्ट्रिय टिममा खेल्न थाले लगत्तै सन १९८४ मा पहिलो साफ गेम जितेको थियो, सन १९९३ मा वहाको टिम क्याप्टेनमा दोस्रो साफ गेम जितेको हो ।

पछिल्लो समयमा आएर नेपाल राष्ट्रिय फुटबल टिमको कोच गर्दै आएका राजुकाजी शाक्य एक कुशल कोचको रुपमा पनि चिनिन्छन । जुन ज्यलन्त उदाहरण सन २०१६ मा भएको भएको साफ गेमको उपाधि नेपालले हात पारेको थियो ।

बेलायतमा नेपाली समुदायबीच फुटबल खेल केही वर्ष यता उत्साह पूर्वक बढीरहेको छ ।

यसै सन्दर्भमा “फुटबल क्लब केन्ट भेटेरेन” को स्थापना २०१४ मा भए यता यस क्लबले २ वर्षभित्रै धेरै टुर्नामेन्टहरु जितेर छोटो समयमै ख्यातिप्राप्त गरि एक उदाहरणीय क्लब बनेको छ ।

यसै अवसर पारेर बेलायतको नेपाली समुदायबीचको फुटबल खेललाई अवलोकन गर्न साथै नेपाल राष्ट्रिय फुटबल टिमकोच राजुकाजी शाक्यलाई सम्मानार्थ र “एफ सी केन्ट भेटेरेन, बेलायत” को प्रोमोसनको लागि राजुकाजी शाक्यलाई “एफ सी केन्ट भेटेरेन, बेलायत” ले स्पोन्सर गरि बेलायत ल्याएको हो ।