काठमाडौं, ८ जेठ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर नेतृत्वको संघीय गठबन्धनले सरकारलाई माग पूरा गराउन दवाव दिने उदेश्यले आज संघर्षका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ ।
काठमाडौंको बिजुलीबजारमा दिउँसो १ बजे बस्ने गठबन्धनको बैठकमा आन्दोलनका विषयमा छलफल हुने राजपा नेपालका नेता केशव झाले जानकारी दिए ।
‘संविधान संशोधनका विषयमा सरकारले आलटाल गरिरहेको छ’, उनले भने, ‘अब दवाव मूलक कार्यक्रम घोषणा गरेर जाने पक्षमा छौँ ।’
स्थानीय तहको दोस्रो चरणको चुनावमा सहभागी हुन गठबन्धनले संविधान संशोधनको माग गर्दै आएको छ । गठबन्धनले आफूहरू निर्वाचन विरोधी नभएको भन्दै निर्वाचनमा जाने वातावरण बनाइदिन आग्रह गर्दै आएको छ ।











प्रतिक्रिया