केन्ट , बेलायत । गत २० मे २०१६ को दिन बेलायतको फेल्थाम, लण्डनमा तेह्रथुम समाज यूकेले १० औ वार्षिक उत्सव भब्यरुपमा मनाएको छ ।
समाजका ज्येष्ट आमा देउमन्त कुमारी लिम्बुको प्रमुख आतिथ्य, विशिष्ट अतिथिमा नेपाल स्टार, मिस ट्यालेन्ट २०११, गायिका, मोडेल तथा अभिनेत्री बिष्णु चेम्जोङ लगायत तेह्रथुम परिसरको छिमेकि जिल्लाहरुका प्रतिनिधीहरु अतिथिमा रहेका थिए ।
कार्यक्रमको पहिलोसत्रमा १० औ वार्षिक उत्सव भएकोले संस्थापक कमिटीलाई विशेष सम्मान गरिएको थियो, यस्का साथै आजीवन सदस्यता लिनुहुनेहरुलाई प्रमाण पत्र हस्तान्तरण, चेलि तथा जुवाईहरुलाई स्वागत सम्मान गरि आसन ग्रहण गरिएको थियो ।
कार्यक्रमको दोस्रोसत्र सम्मान रहेको थियो, उक्त सम्मान कार्यक्रममा बेलायतमा रहि शैक्षिक, ब्याबसायिक, पत्रकारिता साथै बेलायती सेनामा भर्ति भई प्रसंसनिय ठाउ र ओहदाहरुमा काम र योग्यताको कदर गर्दै प्रसंसा–पत्र र सम्मान–पत्र हस्तान्तरण गरिएको थियो ।
सन २००७ मा स्थापना गरि कोलचस्टर भन्ने ठाउमा यस संस्थाको पहिलो भेला गरे यता यस संस्थाले समाज सेवामा पनि काम गर्दै आई रहेको छ ।
क्यान्सर पिडित आर्थिक सिङ्गक, मुटूको रोगी सरिता लिक्बु, क्यान्सर पीडित भीम प्रसाद थेगुम्बा, क्यान्सर पिडित मौसम लिम्बु, तेह्रथुम सदर मुकामा रहेको समाधि स्थलको पुननिर्माण साथै आठराई सक्रान्ति बजारमा भएको आगलागीपछि अग्नि पिडितहरुको लागी १५ लाख नेपाली रुपैयाँ उठाई हालसालै बेलायत प्रतिनिधि तारा प्रसाद कन्दङ्वा र नेपाल प्रतिनिधि मोहन हुक्पा चोङ्बाङ मार्फत प्रतक्ष पीडितहरुको हातमा रकम हस्तान्तरण गरिएको छ ।















प्रतिक्रिया