२८ आश्विन २०८३, बुधबार

अब म बुढी कन्या बस्छु बिहे गर्दिन्ः कोमल ओली, बद्री पंगेनीले अब कांग्रेसको चुनावी गीत गाउने

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लोकप्रिय गायक बद्री पंगेनीले आफूले अब दोस्रो चरणको निर्वाचनको लागि नेपाली कांग्रेसको चुनावी गीत गाउने बताएका छन् ।

हिमालय टेलिभिजनबाट प्रशारण हुने धमलाको हमला कार्यक्रममा पत्रकार ऋषि धमलासँगको रोचक कुराकानीमा गायक पंगेनीले यस्तो खुलासा गरेका हुन् । उनले भने,‘म सबै पार्टीको कलाकार हो, कलाकारले गीत गाउन पाउँदैन त?’ उनले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा एमालेको लागि गीत गाएको भन्दै आफूमाथि एमाले नै भयो भनेर आरोप लगाईएकोप्रति टिप्प्णी गर्दै भने,‘एमालेको गीत गाउनुहुँदैन भनेर कहाँ लेखिएको छ ?’

उनले आफू सबै पार्टीको चुनावी सभामा गएर गीत गाएको समेत स्मरण गराए । उनले भने,‘म त सबै पार्टीको चुनावी सभामा पुगेको छु, सबैको गीत गाएको छु, मैले त माओवादीको पनि गीत गाएको छु नि।’

गायक पंगेनीले दोस्रो चरणको निर्वाचनको लागि आफूले कांग्रेसको लागि गीत तयार पारेको समेत खुलासा गरे । उनले भने,‘मैले कांग्रेसको लागि गीत तयार पारिसकेको छु, गीत तयारी अवस्थामा छ, म दाङबाटै यो गीत प्रारम्भ गर्छु, तपाईले त्यतिवेला थाहा पाउनुहुन्छ।’

कोमल वलीले भनिन्– अब बुढी कन्या बस्छु, विहे गर्दिन्

कार्यक्रममा गायिका एवं राप्रपा नेतृ कोमल वलीले अब आफू बढी कन्या बस्ने बताइन् । उनले जीवनभर विहे नगर्ने घोषणा समेत गरिन् ।

हेर्नुस् भिडियोः