९ मंसिर २०८३, बुधबार

टीकापुर घटनाका दोषीलाई उन्मुक्ति दिने निर्णयविरुद्ध सर्वाेच्चमा रिट दायर (पूर्ण पाठसहित)

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । कैलालीको टीकापुरसहित तराई–मधेसमा भएका घटनाको मुद्दा फिर्ता लिने सरकारी निर्णयविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर भएको छ ।

आइतबार अधिवक्ता कपिलदेव ढकाल, नेपाल सरकारका पू्र्वसचिव द्वारिकानाथ ढुंगेल र डा. जगदिश चन्द्र बरालले घटनाको मुद्दा कैलाली जिल्ला अदालतमा विचाराधिन अवस्थामा रहेका बेला सरकारले मुद्दा फिर्ताको प्रक्रिया अगाडि बढाउनु कानुनी शासनको उपहास हुने भन्दै उत्प्रेषण, प्रतिषेधको रिट निवेदन दर्ता गरेका हुन् ।

यसअघि जेठ ४ गते बसेको मन्त्रिपरिषद् बैठकले थरुहट आन्दोलन र मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनको रुपमा स्वीकार गर्ने निर्णय गर्दै त्यसमा संलग्नहरुविरुद्ध लागेका मुद्दा फिर्ता सम्बन्धी प्रस्ताव तयार गर्न कानुन मन्त्रालयलाई जिम्मेवारी दिएको थियो । यो निर्णयविरुद्ध सर्वाेच्चमा रिट परेको हो ।

प्रधानमन्त्री, मन्त्रिपरिषद र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयलाई विपक्षी बनाइएको रिटमा मुद्दा फिर्ता सम्बन्धी मन्त्रिपरिषदको निर्णय खारेज गर्न माग गरिएको छ ।

थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते टीकापुरमा भएको हिंसात्मक घटनामा नेपाल प्रहरीका एसएसपीसहित आठ सुरक्षाकर्मी र डेढ वर्षीय बालक टेकबहादुर साउद मारिएका थिए ।

रिटकाे पूर्णपाठसहित:

श्री सर्वोच्च अदालतमा चढाएको
निवेदन पत्र
विषयः– संविधानको धारा १३३ को उपधारा (२)(३) बमोजिम उत्पे्रषण, प्रतिषेध, लगायतका चो चाहिने उपर्युक्त आदेश जारी गरी पाऊँ ।
रुपन्देहि जिल्ला (साविक रुद्रपुर ९) कञ्चन गाउँपालिका वडा नं ३ बस्ने अधिवक्ता कपिलदेव ढकाल मो.नं ९८५११—५६०९४…………………………………………………………………………………१
कविराज मुक्तिनाथ शर्मा ढुंगेलको नाती गिरीराज शर्मा ढुंगेलको छोरा नेपाल सरकारका पूर्व सचिव का.जि.का.म.न.पा. वडा नं १० बस्ने बर्ष ७३ को द्धारिकानाथ ढुंगेल मो. नं ९८५१०७७९०२………………………………………………………………………………………..१
भानुभक्त बरालको नाती कृष्ण प्रसाद बरालको छोरा का.जि.का.म.न.पा.वडा नं १० बस्ने बर्ष ६५ को डा. जगदिश चन्द्र बराल ९८४१९६६१७२…………………………………………………………….१
विरुद्धः
पुष्पकमल दाहाल, सम्माननीय प्रधानमन्त्री, नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार, काठमाडांै ………………………………………………………………………………..१
नेपाल सरकार,मन्त्रिपरिषद्को सचिवालय,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार काठमाण्डौं………………………………………………………………………………………………१
गृह मन्त्रालय, सिंहदरवार, काठमाडांै ………………………………………………………………….१
कानून न्याय तथा संसदीय मामिला मन्त्रालय सिंहदरबार  काठमाण्डौं……………………………….१
महान्यायाधिवक्ता, नेपालका महान्यायाधिवक्ताको कार्यालय, रामशाहपथ, काठमाडौं ………………. १

मुद्दाः उत्प्रेषण प्रतिषेध
निवेदन वापत लाग्ने दस्तुर तिरेको निस्सा यसै साथ राखी संविधानको धारा १३३ (२)(३) तथा सर्वोच्च अदालत नियमावली २०४९ को नियम ४१(१)  संविधानको प्रस्तावना, धारा,१, धारा १(२), धारा २, धारा १६(१) धारा १८(१), धारा १८ (१),(३), धारा ४६, धारा ४८(ख)(घ), धारा ५१(ख)(२)(३), धारा ७५ (१)(२) धारा १२६(१),(२), धारा १२८(२), १२८(४), धारा १५८(१)(३), धारा २४९, सरकारी मुद्दा सम्बन्धि ऐन २०४९ को दफा २९, निर्वाचन आचार संहिता, २०७२ को परिच्छेद ३ तथा सम्मानीत सर्वोच्च अदालतवाट प्रतिपादित नजिर सिद्धान्त समेतका आधारमा निम्नानुसारको निवेदन गर्दछौं ।
१.    रिट निवेदकहरुको हकदैया सम्बन्धमा ः– हामी निवेदक सामाजिक न्याय, मानव अधिकार, शुसासन, जवाफदेहिता, लोकतन्त्रात्रिक मुल्य र मान्यतामा प्रतिवद्ध सचेत नेपाली नागरिक हौं । कानूनी शासनको सर्वोच्चता कायम गर्ने विषयमा हामी निरन्तर क्रियाशिल छौं । कानूनको शासनबाट सुशासन कायम गराउने सम्वन्धमा हाम्रो अटूट आस्था रहेको छ । यस निवेदनमा उठाइएको विषय सार्वजनिक सरोकारको विषय भएको र विपक्षीहरुका काम कारवाहीबाट कानूनको शासन माथि नै प्रतिकूल प्रभाव पर्न गएकोले प्रस्तुत विषयमा निवेदन गर्न हामी निवेदकहरुलाई हकदैया पुग्दछ ।
२.     रिट निवेदनको पृष्ठभूमि र विषयवस्तु सम्बन्धमा ः–
(क)    नेपालको संविधान जारी हुनु भन्दा अगाडी र संविधान जारी भए पश्चात पनि विभिन्न घट्नाहरु घटे यसै क्रममा मिति २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा दुइ वर्षिय वालक सहित नेपाल प्रहरीका बहालवाला एसएसपी सहित ८ जना प्रहरीलाई खुकुरी भाला रोपेर निर्मम र अमानवीय तरिकाले हत्या गरियो । महोत्तरीमा बालकलाई एम्बुलेन्सबाट निकाली हत्या गरियो । सप्तरीको मलेठमा  हत्याको घटना घट्यो । यी घटनाहरुका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गरि दोषिहरु उपर कारवाहि गर्नु भनी २०७३ साल फागुन २४ गते नेपाल सरकारलाई सिफारिश गरेको थियो । सो पश्चात सरकारले घट्नामा संलग्नहरु उपर अदालतमा मुद्दा समेत दायर गरेको छ र अहिले आरोपितहरु विरुद्ध दायर भएका मुद्दाहरु अदालतमा विचाराधिन अवस्थामा छन ।
(ख)    माथि उल्लेखित घटनाहरुका आरोपितहरु उपर अदालतमा मुद्दा विचाराधिन रहेको अवस्थामा नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७४ जेठ ४ गतेको निर्णयले थरुहट र मधेश आन्दोलन राजनीतिक भएकाले त्यसक्रममा विभिन्न व्यक्तिमाथि चलाइएका मुद्दा फिर्ता लिने सैद्धान्तिक निर्णय गरि कानून मन्त्रालय हुँदै महान्यायाधिवक्ता कार्यालयमार्फत कार्यान्वयन गर्ने गरि काम कारवाहि अगाडि बढाएको छ । घटना घटेका स्थान टीकापुर, महोत्तरी र सप्तरीमा स्थानिय निकायको निर्वाचन २०७४ जेठ ३१ गते हुदैछ । निर्वाचनको मुखैमा अपराधलाई राजनीतिकरण गरि विपक्षीहरुले राजनीतिक लाभ लिन खोजेको देखिन्छ । विपक्षीहरुको उक्त निर्णय नेपालको संविधान, कानुन, सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तका साथै निर्वाचन आचार संहिता, २०७२ को परिच्छेद ३ ले निर्दिष्ट गरेको व्यवस्था विपरिछ छ ।
३.    प्रस्तुत विषयमा बैकल्पिक उपचारको व्यवस्था छैन भन्ने सम्बन्धमा ः– नेपाल सरकारको मिति २०७४ जेठ ४ गतेको मन्त्रिपरिषद्को वैठकले थारुहट आन्दोलन र मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनको रुपमा स्वीकार गर्ने निर्णय गरी त्यसमा संलग्नहरु विरुद्ध लागेका मुद्दा फिर्ता लिने निर्णय गरेको छ । साथै मुद्दा फिर्ता सम्बन्धी प्रस्ताव तयार गर्न कानुन मन्त्रालयलाई जिम्मेवारी दिने समेत निर्णय भएको छ ।  यस निर्णयले मिति २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा नेपाल प्रहरीका बहालवाला एसएसपी सहित ८ प्रहरीलाई खुकुरी भाला रोपेर हत्या गरिएको घटनाका आरोपितहरु, बालकलाई एम्बुलेन्सबाट निकाली हत्या गर्ने  आरोपितहरु महोत्तरी र सप्तरीमा भएका हत्याका आरोपितहरु विरुद्ध अदालतमा चलिरहेको मुद्दा फिर्ता लिने मनसाय रहेको प्रष्ट हुन्छ । यस्तो प्रकारको जघन्य अपराधलाई राजनीतिक आन्दोलनको मान्यता दिई हत्या हिंसामा संलग्न आरोपितहरुको मुद्दा फिर्ता लिने कार्यले कानूनी शासनको उपहास गरेको छ।

यस खालको प्रवृति लोकतन्त्र माथिको प्रहार हो । प्रचलित कानून र स्थापित न्यायिक मूल्य मान्यताका आधारमा उचित प्रक्रियाको अवलम्बन गरी पीडित पक्षले न्यायको अनुभूति गर्ने गरी फौजदारी कसूरको अनुसन्धान र अभियोजन गरिएन भने त्यस्तो समाजमा दिगो शान्ति कायम हुन सक्दैन । सबै प्रकारका आहतहरुलाई न्यायको दायरामा ल्याउनु पर्दछ । यस्तो कार्यमा राज्य उदासीन रुपमा बस्न पाउदैन । समग्र देश र जनताकै सुरक्षाको जिम्मेवारी बहन गर्ने सुरक्षा निकाय माथिको पासविक हत्यालाई राजनीतिकरण गरि सुरक्षा निकायको मनोबल गिराउने कार्यले अन्तत समग्र देश र जनताकै सुरक्षा माथि चुनौति बढाउदछ । अपराधलाई रोक्ने एउटै अभिष्ट न्याय हो । अपराधलाई रोक्न कानूनी प्रक्रियालाई नै अगाडि बढाउन नदिने हो भने त्यस्तो कुरा एउटा लोकतान्त्रिक र सभ्य कानून प्रणालीले कुनै पनि न्यूनतम् हदसम्म पनि सहन गर्न सक्दैन । सरकारी मुद्दा सम्बन्धी ऐन २०४९ को दफा २९(१) ले प्रचलित कानून बमोजिम नेपाल सरकार वादी भै हेरिने वा नेपाल सरकारको तर्फबाट चलाईएको वा नेपाल सरकार उपर परेको मुद्दा मामिला नेपाल सरकारको आदेश भएमा सरकारी वकिलले अरु पक्षको सहमतिले त्यस्तो मुद्दा मिलापत्र गर्ने वा अदालतको मञ्जुरीले त्यस्तो मुद्दा मध्ये नेपाल सरकार वादी भएको फौजदारी मुद्दा फिर्ता लिन सक्ने व्यवस्था गरेको छ । अदालतमा दायर भएका मुद्दाहरुमा कारवाही नै नभई सरकार परिवर्तन हुनासाथ मुद्दा फिर्ता लिई पीडकलाई सजायबाट उन्मुक्ति दिइने गरिएबाट पीडित पक्ष न्यायबाट बंचित भइरहेको अवस्था छ । सम्मानीत सर्वोच्च अदालतको संवैधानिक इजलासबाट माधवकुमार बस्नेत विरुद्ध नेपाल सरकार समेत (०६८—ध्इ—०८१९) उत्प्रेषण युक्त परमादेश मुद्दामा मिति २०७२ साल पौष ३० गते भएको फैसलामा मुद्दा फिर्ता लिने वा नलिने निर्णय विशुद्ध फौजदारी न्यायको सिद्धान्त सँग सम्बन्धीत कुरा हो । फौजदारी न्यायको राजनीतिकरण गर्ने प्रत्यक्ष वा परोक्ष कुनै प्रयास न्यायको स्वच्छताको लागि विष सरह हुन्छ । अभियोजन स्वयं न्यायिक प्रक्रियाको अभिन्न अंग बनेको हुन्छ, अभियोजनलाई विशुद्ध कार्यकारी निर्णय र त्यसमाथी हुने निर्णय मात्रै न्यायिक भए पुग्छ भन्ने ठान्ने हो भने न्यायको जरोमा नै स्वेछाचारिता प्रभावि हुन जान्छ र न्यायिकतामा असर पर्न सक्ने स्थिती रहन सक्छ भन्ने व्याख्या गर्दै मुद्दा फिर्ता सम्बन्धी तात्कालीन मन्त्री परिषदको निर्णय खारेज गरेको छ । त्यसैगरी सम्मानित सर्वोच्च अदालतबाट नेपाल सरकार विरुद्ध दिल बहादुर लामा (ने.का.प.२०५१ अंक ७, नि.नं. ४९५०) को मुद्दामा मुद्दा फिर्ता समबन्धी अधिकारको दुरुपयोग भैरहेको हुँदा त्यसको प्रयोग निश्चित मापदण्डभित्र रही गर्नु पर्ने भनी सिद्धान्त कायम गरिएको छ । सरकार वादी भै चलाइएका फौजदारी मुद्दाहरु फिर्ता लिने सम्बन्धमा अपनाउनु पर्ने नीतिगत मापदण्ड र कार्यविधि, २०५५ मा निश्चित मापदण्डहरु तय भएको अवस्था छ । तर सरकारले माथि उल्लेखित घट्नालाई राजनीतिक आन्दोलनको नाम दिई सरकारले उक्त मापदण्डको उल्लंघन गरेको छ । संविधानको धारा १८ ले प्रदान गरेको समानताको हक विपरित एकै प्रकृतिका फौजदारी अभियोग लागेका अभियुक्तहरु विच विभेद हुने गरी कसैको मुद्दा फिर्ता लिने, कसैको फिर्ता नलिने र कुनै पीडितलाई न्याय दिने, कुनै पीडितलाई  न्यायिक प्रणाली नै अपनाउन नदिने किसिमको कानूनी व्यवस्था हुन सक्दैन । नेपालको संविधानको धारा २७६ ले माफीको व्यवस्था गरेको छ । जसमा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको साजयलाई कानून बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्नेछ भनी व्यवस्था गरेको छ । संविधानको उक्त व्यवस्था बाहेक अन्य कुनै प्रावधान फौजदारी अपराधमा आरोप लागेका अभियुक्तहरु माथि निष्पक्ष रुपमा अनुसन्धान, तहकिकात र अभियोजन चलाई स्वतन्त्र तथा निष्पक्ष अदालतबाट न्याय सम्पादन गर्ने गराउने कार्यमा नै बाधा पर्ने गरि निर्णय गर्ने अधिकार सरकारलाई छैन । जघन्य अपराधलाई राजनीतिकरण गरि अदालतमा विचारधिन मुद्दा फिर्ता लिने निर्णय गर्नु न्यायिक प्रक्रियामा अवरोध गर्नु हो । सरकारको यस्तो कार्यले कानूनी राज्यको अवधारणालाई कमजोर बनाउदछ ।

अधिवक्ता गोपीबहादुर भण्डारी विरुद्ध नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्समेत भएको उत्प्रेषणयुक्त परमादेशको रिट (ने.का.प.२०६९ अंक ३ निर्णय नं. ८७८९) मा नेपाल सरकारले जारी गरेको सरकार वादी हुने फौजदारी मुद्दाहरु फिर्ता लिने सम्बन्धमा अपनाउनु पर्ने नितिगत मापदण्ड र कार्यविधि २०५५ को मापदण्डको प्रकरण ४ मा उल्लिखित अपराधहरुका अतिरिक्त गम्भीर प्रकृतिका नियतवस गरेका हत्या, राज्य विरुद्धका अपराध, युद्ध अपराध, मानव अधिकार, क्रुर र अमानविय प्रकृतिका मानवता विरुद्धको अपराध, संगठित अपराध, महिला एवं बालबालिका विरुद्धको अपराध जाति हत्या, सार्वजनिक हक विरुद्धको अपराध जस्ता अपराधमा जुनसुकै सौदा गरी मुद्दा फिर्ता लिने निर्णय नगर्नु भनी नेपाल सरकारको नाममा परमादेश जारी भएको छ । कुनै राजनीतिक दलमा आवद्ध व्यक्तिलाई कुनै अपराधको अनुसन्धानबाट दोषि देखिई मुद्दा दायर भएकै आधारमा त्यस्तो कसुरलाई राजनीतिक कसुर तथा राजनीतिक मुद्दा मान्न मिल्दैन । सरकारले आफैले दायर गरेको मुद्दा आफनो स्वेच्छामा फिर्ता लिन पाउदैन । सरकार परिवर्तनसँगै फौजदारी कसूरका सम्बन्धमा अदालतमा दायर भएका मुद्दाहरु कुनै राजनीतिक दल विशेषसँग आवद्ध भएकै नाताले सरकारले स्वेच्छाचारी रुपमा मुद्दा फिर्ता लिने परिपाटिले नागरिकको जीउ, धन, एवं वैयक्तिक स्वतन्त्रताको संरक्षण गरी कानूनको शासन स्थापना गर्ने ,समाजमा शान्ति सुव्यवस्था कायम गर्ने, दण्डहीनताको अन्त्य गर्ने राज्यको उद्देश्य एवं कार्य नै धरासयी हुन जान्छ ।   नेपालको संविधानको धारा ७५ बमोजिम संविधान र कानूनको पालना र कार्यान्वयन गराउने सरकार अपराधलाई नै कानूनको दायरामा नल्याउन क्रियाशिल भएकाले यस विषयमा अन्य वैकल्पिक उपचारको व्यवस्था छैन ।
४.  रिट निवेदकहरुले उठाएको विषयमा निवेदकहरु तथा आम नेपाली नागरिकको तात्विक सरोकार र अर्थपूर्ण सम्बन्ध रहेको छ भन्ने सम्बन्धमाः— संविधानवाद, लोकतन्त्र, कानूनी शासन, मानव अधिकार, लगायतका सार्वजनिक चासो, महत्व र सरोकारका विषयमा आम नागरिकको चासो र सरोकार स्वत रहन्छ । विपक्षीहरुको निर्णयले संवैधानिक व्यवस्था, सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को दफा २९ ले निर्धारण गरेको व्यवस्था सम्मानित सर्वोच्च अदालतबाट प्रतिपाद्धित नजिर सिद्धान्त समेतको ठाडो उल्लंघन गरेकाले कानूनी शासनको माग गर्ने हकमा निवेदकहरु तथा सबै नेपाली नागरिकहरुको तात्विक सरोकार र अर्थपूर्ण सम्बन्ध रहेको छ

५.प्रस्तुत विषय स्वतन्त्र न्यायपालिका माथिको हस्तक्षेप हो भन्ने सम्बन्धमाः—संविधानवादमा आधारित संविधानमा क्भउबचबतष्यल या उयधभच बलम अजभअप बलम दबबिलअभ को सिद्धान्तलाई आत्मसाथ गरिएको हुन्छ । नेपालको संविधानले पनि यो व्यवस्थालाई आत्मसाथ गरेको छ । कानून भन्दा माथि न सरकार न जनता कोहि पनि हुन सक्दैन र कानूनको पालना सबैले समान रुपले गर्नु पर्छ । जनता र सरकार जति माथि पुगे पनि त्यो भन्दा माथि कानून नै हुन्छ । यहि सिद्धान्तलाई कानूनको सर्वोच्चता भनिन्छ । संविधान र कानूनको अन्तिम ब्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई हुनेछ भन्ने व्यवस्था संविधानको धारा १२८ (२) ले गरेको छ । सम्मानित अदालतबाट यस्तै प्रकृतिका मुद्दामा नजिर समेत प्रतिपादन भइ सकेको अवस्थामा पटक पटक सरकारले एउटै प्रकारको निर्णय गर्नु स्वतन्त्र न्यायपालिका माथिको हस्तक्षेप हो । सर्वोच्च अदालतले यस अगाडि सरकारले यस्तै प्रकृतिका मुद्दा फिर्ता लिएको विषयलाई पटक पटक रोकिदिएको छ । संविधानको धारा १२६(२),१२८(२),१२८(४)का संवैधानिक व्यवस्थाहरुलाई विपक्षीहरुको निर्णयले प्रयोजन हिन तुल्याउन खोजेको छ । यि संवैधानिक व्यवस्थाहरुलाई विपक्षीहरुले निस्तेज बनाउने अधिकार संविधानत प्राप्त छैन । संविधानको धारा ७५ बमोजिम कार्यकारिणी अधिकार प्रयोग गर्ने सरकारले नै अपराधलाई राजनीतिकरण गर्ने हो भने यस्तो गलत प्रवृतिले लोकतन्त्र र संविधानबादका आधारभुत सिद्धान्त माथि नै धावा बोल्ने देखिन्छ । संविधानको धारा ७५(१)(२) ले सरकारलाई असाधारण अधिकार प्रदान गरेको छैन । कार्यकारिणी अधिकारको प्रयोग गर्दा संविधान र कानून बमोजिम गर्नु पर्ने व्यवस्था संविधानले गरेको छ ।
६.    सरकारको निर्णय अराजकतालाई प्रश्रय दिने कार्य हो भन्ने सम्बन्धमा ः— राज्यमा हुने अपराध र अपराधिक घटनाबाट आम नागरिकलाई संरक्षण गरी त्यस्ता कार्यबाट पीडितलाई न्याय सुनिश्चित गर्ने र अपराधीलाई दण्ड दिने प्रमुख दायित्व कार्यपालिकाको जवाफदेहिता अन्र्तगत पर्दछ । त्यस्तो अपराधिक कार्य भएमा नेपालको वर्तमान संविधान तथा प्रचलित कानून बमोजिम फौजदारी कसूरको अनुसन्धान तथा अभियोजनकोे दायित्व र जिम्मेवारी विपक्षीहरुमा रहेको हुन्छ । मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र, १९४८ को धारा ८ ले ूभ्खभचथयलभ जबक तजभ चष्नजत तय बल भााभअतष्खभ चझभमथ दथ तजभ अयmउभतभलत लबतष्यलब ितचष्दगलबकि ायच बअतक खष्यबितष्लन तजभ ागलमबmभलतब िचष्नजतक नचबलतभम जष्m दथ तजभ अयलकतष्तगतष्यल यच दथ बिधू भन्ने व्यवस्था गरेको पाइन्छ । त्यसै गरी नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अनुबन्ध १९६६ को धारा २ को उपधारा ३ ले मानव अधिकारको उल्लंघनको प्रभावकारी उपचारको सुनिश्चित गर्ने सम्बन्धमा निम्न व्यवस्था गरेको पाइन्छ । भ्बअज क्तबतभ एबचतथ तय तजभ उचभकभलत ऋयखभलबलत गलमभचतबपभकस्  ९ब० त्य भलकगचभ तजबत बलथ उभचकयल धजयकभ चष्नजतक यच ाचभभमयmक बक जभचभष्ल चभअयनलष्शभम बचभ खष्यबितभम कजबिि जबखभ बल भााभअतष्खभ चझभमथ, लयतधष्तजकतबलमष्लन तजबत तजभ खष्यबितष्यल जबक दभभल अयmmष्ततभम दथ उभचकयलक बअतष्लन ष्ल बल यााष्अष्ब िअबउबअष्तथस ९द० त्य भलकगचभ तजबत बलथ उभचकयल अबिष्mष्लन कगअज ब चझभमथ कजबिि जबखभ जष्क चष्नजत तजभचभतय मभतभचmष्लभम दथ अयmउभतभलत वगमष्अष्ब,ि बमmष्लष्कतचबतष्खभ यच भिनष्कबितष्खभ बगतजयचष्तष्भक, यच दथ बलथ यतजभच अयmउभतभलत बगतजयचष्तथ उचयखष्मभम ायच दथ तजभ भिनब िकथकतझ या तजभ क्तबतभ, बलम तय मभखभयिउ तजभ उयककष्दष्ष्तिष्भक या वगमष्अष्ब िचझभमथस ९अ० त्य भलकगचभ तजबत तजभ अयmउभतभलत बगतजयचष्तष्भक कजबिि भलायचअभ कगअज चझभमष्भक धजभल नचबलतभम। मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र, १९४८ को धारा ८ तथा नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अनुबन्ध १९६६ को धारा २ को उपधारा ३ ले मानव अधिकारको उल्लंघनको प्रभावकारी उपचारको सुनिश्चितता गर्ने अन्र्तराष्ट्रिय दायित्व सृजना गरेको पाइन्छ । संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र तथा नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अनुबन्ध १९६६ को पक्ष राष्ट्र भएकोले त्यस प्रकारको उपचारको सुनिश्चितता गर्नु  राज्यको दायित्व हुन आउदछ । सरकार न्याय प्रदान गर्ने दायित्वबाट विमुख हुने कार्यले अराजकता र दण्डहिनतालाई बढावा दिने काम गर्छ ।
७.    प्रस्तुत विषयमा संविधानका निम्न व्यवस्थाहरु आकर्षित हुने ः– संविधानको धारा १ (१) यो संविधान नेपालको मूल कानून हो । यस संविधानसँग बाझिने कानून बाझिएको हदसम्म अमान्य हुनेछ ।
संविधानको धारा १(२) यस संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तब्य हुनेछ ।
धारा १६(१) प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाच्न पाउने हक हुनेछ ।
धारा १६ (२) कसैलाई पनि मृत्युदण्डको सजाय हुने गरी कानुन बनाइने छैन ।
संविधानको धारा १८(१) सबै नागरिक कानूनको दुष्टिमा समान हुनेछन् । कसैलाई पनि कानूनको समान संरक्षणबाट वञ्चित गरिने छैन ।
संविधानको धारा १८(३) राज्यले नागरिकहरुका बीच उत्पति, धर्म, वर्ण, जात, जाति, लिंग, आर्थिक अवस्था, भाषा, वा क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गर्ने छैन ।
संविधानको धारा २१ (१) अपराध पीडितको हक अन्तर्गत अपराध पीडितलाई आफु पीडित भएको मुद्दाको अनुसन्धान तथा कारवाही सम्बन्धी जानकारी पाउने हक हुनेछ ।
धारा  २१(२) अपराध पीडितलाई कानुन बमोजिम सामाजिक पुनस्थापना र क्षतिपूर्ति सहितको न्याय पाउने हक हुनेछ ।
संविधानको धारा ४८ नागरिक कर्तब्यः धारा ४८ (ख) संविधान र कानूनको पालना गर्नु ।
संविधानको धारा ५१ (ख)(२) मानव अधिकारको संरक्षण र संवर्धन गर्दै विधिको शासन कायम राख्ने ।
संविधानको धारा ५१ (ख)(४) सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भष्ट्राचारमुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउदै राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभूति गर्ने ।
संविधानको धारा ७५(२) यो संविधान र कानूनको अधीनमा रही नेपालको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन गर्ने अभिभारा मन्त्रिपरिषद्मा हुनेछ ।
संविधानको धारा १२६. न्याय सम्बन्धी अधिकार अदालतबाट प्रयोग हुनेः (१) नेपालको न्याय सम्बन्धी अधिकार यो संविधान, अन्य कानून र न्यायका मान्य सिद्धान्त बमोजिम अदालत तथा न्यायिक निकायबाट प्रयोग गरिनेछ ।
संविधानको धारा १२६. (२) मुद्दा मामिलाको रोहमा अदालतले दिएको आदेश वा निर्णयको सबैले पालना गर्नु पर्नेछ ।
संविधानको धारा १२८(२) सर्वोच्च अदालत अभिलेख अदालत हुनेछ । यस संविधानमा अन्यथा व्यवस्था भएकोमा बाहेक सबै अदालत र न्यायिक निकायहरु सर्वोच्च अदालत मातहत रहनेछन् । संविधान र कानूनको व्याख्या गर्ने अन्तिम अधिकार सर्वोच्च अदालतलाई हुनेछ ।
संविधानको धारा १२८(४) मुद्दा मामिलाका रोहमा सर्वोच्च अदालतले गरेको संविधान र कानूनको व्याख्या वा प्रतिपादन गरेको कानूनी सिद्धान्त सबैले पालना गर्नु पर्नेछ ।
संविधानको धारा १३३(२) यस संविधानद्वारा प्रदत्त मौलिक हकको प्रचलनका लागि वा अर्को उपचारको व्यवस्था नभएको वा अर्को उपचारको व्यवस्था भए पनि त्यस्तो उपचार अपर्याप्त वा प्रभावहीन देखिएको अन्य कुनै कानूनी हकको प्रचलनका लागि वा सार्वजनिक हक वा सरोकारको कुनै विवादमा समावेश भएको कुनै संवैधानिक वा कानूनी प्रश्नको निरूपणका लागि आवश्यक र उपयुक्त आदेश जारी गर्ने, उचित उपचार प्रदान गर्ने, त्यस्तो हकको प्रचलन गराउने वा विवाद टुंगो लगाउने असाधारण अधिकार सर्वोच्च अदालतलाई हुनेछ ।
संविधानको धारा १३३(३) उपधारा (२) बमोजिमको असाधारण अधिकार क्षेत्र अन्तर्गत सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण, परमादेश, उत्प्रेषण, प्रतिषेध, अधिकारपृच्छा लगायत अन्य उपयुक्त आदेश जारी गर्न सक्नेछ ।
८.    प्रस्तुत विषयमा सरकारी मुद्दा सम्बन्धि ऐन २०४९ को दफा २९ (१) आकर्षित हुनेः—
दफा २९ (१) प्रचलित कानून बमोजिम नेपाल सरकार वादी भै हेरिने वा नेपाल सरकारको तर्फबाट चलाईएको वा नेपाल सरकार उपर परेको मुद्दा मामिला नेपाल सरकारको आदेश भएमा सरकारी वकिलले अरु पक्षको सहमतिले त्यस्तो मुद्दा मिलापत्र गर्ने वा अदालतको मञ्जुरीले त्यस्तो मुद्दा मध्ये नेपाल सरकार वादी भएको फौजदारी मुद्दा फिर्ता लिन हुन्छ ।
९.    प्रस्तुत विषयमा अन्तराष्ट्रिय कानूनका निम्न व्यवस्थाहरु आकर्षित हुनेः—
(क) मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र, १९४८ को धारा, ५, ८,१०,
(ख) नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अनुबन्ध १९६६ को धारा २ को उपधारा ३ धारा ७

१०.    प्रस्तुत विषयमा सर्वोच्च अदालतबाट प्रतिपादन भएका निम्न नजिरहरु आकर्षित हुनेः—
(क) नेपाल सरकार विरुद्ध दिल बहादुर लामा (ने.का.प.२०५१ अंक ७, नि.नं. ४९४०)
(ख) अधिवक्ता गोपीबहादुर भण्डारी विरुद्ध नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्समेत     भएको उत्प्रेषणयुक्त परमादेशको रिट (ने.का.प.२०६९ अंक ३ निर्णय नं. ८७८९)
(ग) रामु महतो विरुद्ध नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत         उत्प्रेषणयुक्त परमादेशको रिट ने.का.प.२०६९ अंक ५ निर्णय नं ८८२८
(घ) खुसीलाल साह विरुद्ध नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्समेत भएको     उत्प्रेषणयुक्त परमादेशको रिट ने.का.प.(२०७१अंक ४ निर्णय नं ९१५१
(ङ) शालिकराम जमरकट्टेल विरुद्ध नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्समेत भएको     उत्प्रेषणयुक्त परमादेशको रिट ( ने.का.प.२०७१, अंक ७ निर्णय नं ९२०४)
(च) अधिवक्ता माधव कुमार बस्नेत समेत विरुद्ध सम्माननिय प्रधानमन्त्री, डा.बाबुराम भट्टराई,     नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत भएको सर्वोच्च     अदालत संवैधानिक इजलासले प्रतिपादन गरेको सिद्धान्त (०६८—ध्इ—०८१५)
११. तसर्थ माथि विभिन्न प्रकरणहरूमा वर्णित संवैधानिक व्यवस्था, कानुनी विषय, सम्मानित     अदालतबाट प्रतिपादित सिद्धान्त, अन्तराष्ट्रिय कानूनी व्यवस्था तथा तथ्य समेतका आधारमा     विपक्षीहरूको नाममा निम्नलिखित विषयमा उत्प्रेषण, प्रतिषेध, लगायत जो चाहिने आज्ञा,     आदेश वा पूर्जी जारी गरी पाऊँ ।
(क)    सरकारको माथि उल्लेखित घटनामा संलग्न अभियुक्तहरु उपर अदालतमा विचाराधीन मुद्दा फिर्ता गर्ने निर्णय संविधानको संविधानको धारा १३३ (२)(३) तथा सर्वोच्च अदालत नियमावली २०४९ को नियम ४१(१)  संविधानको प्रस्तावना, धारा,१, धारा १(२), धारा २, धारा १६(१) धारा १८(१), धारा १८ (१),(३), धारा ४६, धारा ४८(ख)(घ), धारा ५१(ख)(२)(३), धारा ७५ (१)(२) धारा १२६(१),(२), धारा १२८(२), १२८(४), धारा १५८(१)(३), धारा २४९, सरकारी मुद्दा सम्बन्धि ऐन २०४९ को दफा २९ तथा सम्मानीत सर्वोच्च अदालतवाट प्रतिपादीत नजिर सिद्धान्त समेतका आधारमा गैर कानूनी भएकाले सो निर्णय संविधानको धारा १३३(२)(३) बमोजिम उत्प्रेषणको आदेशले बदर गरि पाऊँ ।
(ख)     सरकारले टीकापुर लगायतका घट्नाका आरोपितहरु उपर अदालतमा चलिरहेको मुद्दा फिर्तासम्बन्धी प्रस्ताव तयार गर्न कानून मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरेको र कानून मन्त्रालयले प्रक्रिया अगाडि बढाइ अपराधलाई राजनीतिक आवरण दिइ मुद्दा फिर्ता लिने गम्भिर आशंका देखिएकाले सो निर्णय बमोजिम मुद्दा फिर्ता सम्बन्धी कुनै पनि काम कारवाहि नगर्नु नगराउनु भनि कानून मन्त्रालयको नाममा प्रतिषेधको आदेश जारी गरि पाऊँ ।
(ग)    सरकारका महान्यायाधिवक्ताले टीकापुर घट्नाका अभियुक्त उपर दायर मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढेको भनी दिएको प्रतिक्रिया कान्तिपुर राष्ट्रिय दैनिकमा समाचार प्रकाशन भएको छ । महान्यायाधिवक्ताको कार्यालयले समेत मुद्दा फिर्ताको विषयलाई अगाडि बढाउने गम्भिर आशंका देखिएकाले सो निर्णय बमोजिमको काम कारवाहि नगर्नु भनी महान्यायाधिवक्ता कार्यालयको नाममा प्रतिषेधको आदेश जारी गरि पाऊँ ।

(घ)     प्रस्तुत विवादको अन्तिम टुँगो नलाग्दा सम्म नेपाल सरकारको मिति २०७४ जेठ ४ गतेको माथि प्रकरणहरुमा उल्लेखित घटनाहरुमा आरोपित हरुको मुद्दा फिर्ता सम्बन्धी निर्णय कार्यान्वयन नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली २०४९ को नियम ४१ बमोजिम अन्तरिम आदेश जारी गरि पाऊँ ।

१२.     प्रस्तुत विषय कानूनी शासनको मुल सिद्धान्तमा नै आकर्षित हुने अत्यन्तै गम्भीर प्रकृतिको सार्वजनिक सरोकार, चासो र महत्वको विषय भएकोले कानूनको शासन माथि नै प्रश्न उठि स्वतन्त्र न्यायपालिकाको विश्वव्यापि मान्यता, विधिको शासन, न्यायिक सर्वोच्चता जस्ता विषयमा प्राथमिक रुपमानै उपलब्ध प्रमाण, सुविधा सन्तुलन, अपुरणिय क्षति जस्ता सिद्धान्तले अन्तरिम आदेश जारी गर्न सम्मानित अदालतलाई यथेष्ठ प्रमाण उपलब्ध भएकाले विपक्षीहरूको नाममा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ४१(१) बमोजिम अन्तरिम आदेश जारी गरि पाउं । कानूनको शासनसँग जोडिएको प्रस्तुत विषयलाई अग्राधिकार दिई माग बमोजिम उत्प्रेषण, प्रतिषेध, लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गरि पाउं ।
१३.     संलग्न कागजातहरू
(क)    विभिन्न पत्रपत्रिकामा प्रकाशित समाचारको फोटोकपि…………………………………१
(ख)     रिट निवेदकहरुको नागरिकता प्रमाण पत्रको फोटोकपि………….. …………………१
(ग)     राष्ट्रिय मानव अधिकार आयोगले मिति २०७४ जेठ ५ गते जारि गरेको प्रेस विज्ञप्तीको फोटोकपि……………………………………………………………………१
(घ)     राष्ट्रिय मानव अधिकार आयोगले टिकापुर, रंगेली र वेथरी घटनाको सम्बन्धमा निर्णय गरी जारी गरेको मिति २०७३ फागुन २४ गतेको प्रेस विज्ञप्ती ……………………..१
१४.     यसमा नियुक्त हुने रिट निवेदक तर्फका कानून व्यवसायीको बहस बुँदालाई यसै रिट     निवेदनको अभिन्न अंग मानी पाऊँ ।
१५.    सर्वोच्च अदालत नियमावली २०४९ को नियम ४०(ख) बमोजिम समानान्तर अधिकार क्षेत्रको     प्रयोग गरेको छैन ।
१६.    यस निवेदनमा लेखिएको व्यहोरा ठीक सांचो छ झुट्ठा ठहरे कानुन बमोजिम सँहुला     बुझाउला                                                                             रिट निवेदक
अधिवक्ता कपिलदेव ढकाल
द्धारिकानाथ ढुंगेल
डा. जगदिश चन्द्र बराल

इतिसम्वत २०७४ साल जेठ ७ गते रोज १ शुभम्