काभ्रे, ७ जेठ । स्थानीय तहको निर्वाचनअन्तर्गत काभ्रेको सदरमुकाम धुलिखेल नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।
आइतबार बिहान सम्पन्न भएको मतगणनामा एमालेले मेयर, उपमेयरसहित बहुमत वडामा बर्चश्व कायम गरेको हो ।
मतपरिणामअनुसार एमालेका जिल्ला उपाध्यक्ष अशोक ब्यान्जु ७९८१ मत प्राप्त गरी धुलिखेलको मेयरमा निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका रमेश हुमागाईलाई २ हजार भन्दा बढी मतले हराए । हुमागाईले ५९०८ मत पाए ।
त्यस्तै, उपमेयरमा एमालेकै विमला शर्मा ६७२३ मत प्राप्त गरी विजयी भएकी छन् । निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसकी निर्मला श्रेष्ठले ४९४० मत प्राप्त गरेकी छन् ।
धुलिखेल नगरपालिकाको मतगणना सम्पन्न भएसँगै काभ्रेपलाञ्चोकका सबै स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । ६ नगरपालिका र ७ गाउँपालिका रहेको काभ्रेमा पाँचखालबाहेक सबै नगरपालिका एमालेले जितेको छ । पाँचखालको मेयरमा पनि कांग्रेस विजयी भएको छ ।












प्रतिक्रिया