१ कार्तिक २०८३, आइतबार

टेक्सासमा फिरोज स्याङ्गदनको बिशेष प्रस्तुति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजय थापा

वाशिंगटन डिसी । गायक फिरोज स्याङ्गदनको अमेरिकाको टेक्सस राज्यको ड्यालसमा हुने सांगीतिक कार्यक्रममा आउने भएका छन् ।

जुलाई १ तारिखमा उनले नेप्लीज अमेरिकन कन्भेन्सन नामक सम्मेलनमा प्रस्तुति गर्ने छन् ।

तीन दिनसम्म चल्ने उक्त कार्यक्रममा अन्य कलाकारहरुको प्रस्तुति समेत हुने छ । फिरोजलाई साथ दिन दबला बादक राजेन्द्रकर्ण तथा गितारमा प्रज्वल बज्राचार्य बज्र चार्य रहने छन् ।

फिरोज हाल न्यु योर्कमा संगीत प्रेमीहरुलाई संगीत पनि सिकाउँ छन् । उनका गीतहरु गुरासै फूल्यो, परेलीमा, जति माया तथा सम्झी बस्छु जस्ता गीतहरु छन् ।

गत वर्ष उनले एकल एल्बम जिन्दगी असल छ निकालेका थिए । नेप्लीज अमेरिकन कन्भेन्सन का बजारीकरण अधिकृत प्याट्रिक सुबेदी भन्छन् गत वर्ष फिरोजले लस एन्जेलसमा भएको कार्यक्रममा तहल्का मचाएको बताए ।

सम्मेलनको लागि हालसम्म ८ वटा खेलकुद टोलीले सहभागी गर्ने भएको छ । नेप्लीज अमेरिकन सम्मेलनमा खेलकुद, मनोरंजन, बिबिध मंच, गोष्ठी, व्यापार प्रदर्शन, बालबालिका प्रतिभा प्रतियोगिता, सांस्कृतिक कार्यक्रम समेत रहने छ ।