९ मंसिर २०८३, बुधबार

काठमाडौंमा एमाले ६ हजार मतसहित अगाडि, ललितपुरमा कांग्रेस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । काठमाडौं महानगरपालिकामा एमालेका मेयर पदका उम्मेदवार विद्यासुन्दर शाक्यले २०१९० मत पाएका छन् ।

शाक्यका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मेयर पदका उम्मदवार राजुराज जोशीले १३९९३ मत पाएका छन् । आइतबार बिहान प्राप्त पछिल्लो मत परिणाम अनुसार एमालेका शाक्य जोशीभन्दा ६१९७ मत अगाडि छन् ।

विकेकशील पार्टीकी रञ्जु दर्शना न्यौपानले ८०५८ मत पाएकी छिन् ।

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका चिरीबाबु महर्जनले १७१७१ मतसहित अग्रता राखेका छन् । उनलाई एमालेका मेयर पदका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १५४७४ मतसहित पछ्याइ रहेका छन् । तेस्रोमा साझा पार्टीका रमेश महर्जनले ७०८९ मत पाएका छन् ।

भरतपुर महानगरपालिकामा एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीले १६६६७ मत पाएका छन् । प्रतिद्वन्द्वी माओवादी केन्द्रकी रेणु दाहालले १६१८२ मत पाएकी छिन् ।

पोखरा–लेखनाथ महानगरपालिकामा एमालेका मानबहादुर जिसीले २०४७९ मत पाएका छन् । कांग्रेसका मेयर पदका उम्मेदवार रामजी कुँवरले १८४३५ मत पाएका छन् ।