९ मंसिर २०८३, बुधबार

चार महानगरमा यस्तो छ पछिल्लो मत परिणाम, पोखराको मतगणना स्थगित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ जेठ । काठमाडौं महानगरपालिकामा एमालेका मेयर पदका उम्मेदवार विद्यासुन्दर शाक्यले आफ्ना प्रतिद्वन्द्वी कांग्रेसका राजुराज जोशीभन्दा धेरै मत अन्तरले अग्रता लिएका छन् ।

पछिल्लो मत परिणाम अनुसार शाक्यले १९८५४ मत पाएका छन् । कांग्रेसका जोशीले १३७५५ मत पाएका छन् । तेस्रो स्थानमा विकेकशील पार्टीकी रञ्जु दर्शना न्यौपानेले ७९३६ मतसहित पछ्याइ रहेकी छिन् ।

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार चिरीबाबु महर्जनले १७१७१ मतका साथ अग्रता कायम राखेका छन् । उनलाई एमालेका मेयर पदका उम्मेदवार
हरिकृष्ण व्यञ्जनकारले १५४७४ मतसहित पछ्याइ रहेका छन् । तेस्रो स्थानमा साझा पार्टीका रमेश महर्जनले ७०८९ मतसहित पछ्याएका छन् ।

भरतपुर महानगरपालिकामा एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीले १६१४५ मत पाएका छन् । उनलाई माओवादी केन्द्रकी मेयर पदको उम्मेदवार रेणु दाहालले १५६७५ मतसहित पछ्याइ रहेकी छिन् ।

पोखरा–लेखनाथ महानगरपालिकामा उमालेका मेयर पदका उम्मेदवार मानबहादुर जिसीले २०४७९ मत पाएका छन् । उनलाई कांग्रेसका मेयर पदका उम्मेदवार रामजी कुँवरले १८४३५ मतसहित पछ्याइ रहेका छन् ।

यसैबीच फर्जी मत भेटिएको भन्दै पोखरा–लेखनाथ महानगरपालिकामा मत गणना कार्य स्थगित हुन पुगेको छ ।