९ मंसिर २०८३, बुधबार

कागेश्वरी–मनोहराको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ जेठ । कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (एमाले) को अग्रता छ ।

पछिल्लो मत परिणामअनुसार, प्रमुखमा कांग्रेसका उपेन्द्र कार्कीले चार हजार ७९० र एमालेका कृष्णहरि थापाले चार हजार ४६२ मत प्राप्त गर्नुभएकोे नगर निर्वाचन अधिकृत प्रकाश कोइरालाले राससलाई जानकारी दिनुभयो ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र) का महेश्वर फुयाँलले एक हजार ९३९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका शम्भु थापाले ५९६ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा एमालेकी विन्दु सिम्खडाले चार हजार ७८२, काँग्रेसकी अनिता अधिकारीले चार हजार ७२९, माओवादीकी रुकु रणपालले एक हजार ४४९ र राप्रपाकी कुस्मा नगरकोटीले ७१८ मत प्राप्त गर्नुभएको छ ।

नगरपालिकाका एकदेखि पाँच नं– वडासम्मको मतगणना सम्पन्न भएर अहिले वडा नं– ६ को मत गणना भइरहेको छ । वडा नं– १, ३ र ५ मा एमाले एवम् वडा नंं २ र ४ मा कांग्रेसले वडा अध्यक्ष तथा सदस्य पदमा विजय हासिल गरेको नगर निर्वाचन कार्यालयले जनाएको छ ।

नौ वडा रहेको नगरपालिकामा आज रातिसम्म मतगणना सकी परिणाम सार्वजनिक गरिने निर्वाचन अधिकृत कोइरालाले बताउनुभयो । रासस