
काठमाडौँ, ६ जेठ । काठमाडौंको २५ नम्बर वडाको वडाअध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ । १५ सय २५ मतका साथ कांग्रेसका निलकाजी शाक्य वडाअध्यक्ष निर्वाचित भएका हुन् ।
निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बाबुराजा मर्हजनले १४ सय ४० मत ल्याए ।
वडा सदस्यमा भने मिश्रित परिणाम आएको छ । वडामा महिला सदस्यमा एमालेकी रमिता स्थापित, खुला सदस्यमा काँग्रेसका राजेश डंगोल र एमालेका डार्बिन श्रेष्ठ निर्वाचित भएका छन्। २५ नम्बर वडामा असन, भेडासिंह लगायतको क्षेत्र पर्छ ।
मेयर/उपमेयर मा कस्को मत कति ?
मेयर
नेकपा एमाले १६५२९
नेपाली कांग्रेस ११२९५
विवेकशील ५९४१
साझा पार्टी ४४२२
माओवादी केन्द्र १५५९
उपमेयर
काँग्रेस १०९६१
राप्रपा ६७१६
साझा पार्टी २४०८
माओवादी केन्द्र १५६७











प्रतिक्रिया