काठमाडौं, ५ जेठ । काठमाडौँ महानगरपालिकाको २ नम्बर वडामा एमालेको प्यानलै विजयी भएको छ । २ नम्बर वडा लाजिम्पाट क्षेत्र पर्छ ।
एमाले उम्मेदवार राजेन्द्र श्रेष्ठ तेब्बर मतसहित वडा अध्यक्षमा विजयी भएका हुन् । श्रेष्ठले १८ सय ४० मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रमोद शर्माले ६८४ मत मात्रै ल्याए।
सदस्यहरुमा एमालेको उनको प्यानल नै आएको छ । वडा सदस्यहरुमा खुल्लातर्फ पदमकाजी महर्जन र विमल गुरूङ, महिला सदस्यमा पूर्णलक्ष्मी रजक र दलित महिला सदस्यमा ईश्वरी परियार विजयी भएका छन् ।
यसअघि एमालेले १ नम्बर वडा पनि जितेको थियो । काठमाडौँ महानगरपालिकाका बाँकी ३० वटा वडाको नतिजा आउन बाँकी छ ।
मत अन्तर ह्वात्तै बढ्यो
काठमाडौं महानगरपालिकामा एमालेका मेयर पदका उम्मेदवार विद्यासुन्दर शाक्ले आफ्नो मत अन्तरलाई फराकिलो बनाउँदै लगेका छन् ।
पछिल्लो मत परिणाम अनुसार शाक्यले १०,२४५ मत पाएका छन् । नेपाली कांग्रेसका राजुराज जोशीले ६, ६५५ मत पाएका छन् ।
विवेकशील पार्टीकी रञ्जु दर्शना न्यौपानेले ३९३८ मत पाएकी छिन् ।












प्रतिक्रिया