९ मंसिर २०८३, बुधबार

आखिर अगाडि बढिन् रेणु, एमालेका देवी पछ्याउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, ५ जेठ । चितवनको भरतपुर महानगरको जारी मत गणनामा माओवादी केन्द्रीकी उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छन् ।

पछिल्लो मत परिणाम अनुसार दाहालले झिनो अग्रता लिएकी हुन् । उनले ११ हजार ९८५ मत पाएकी छन् । एमालेका उम्मेदवार देवी ज्ञवालीले ११ हजार ९०२ मत पाएका छन् ।

भरतपुरको मेयरमा कांग्रेसले रेणुलाई नै समर्थन गरेको थियो । भरतपुरको वडा नम्बर ६ को मतले रेणुलाई अग्रता दिलाएको हो ।