सल्यान, ५ जेठ । स्थानीय तहको निर्वाचनको मतगणना अनुसार कुमाख मालिका गाउँपालिकामा प्रमुखमा महिला उम्मेदवार निर्वाचित हुनु भएको छ ।
माओवादी केन्दको तर्फबाट प्रमुख पदका लागि उम्मेवारी दिनु भएकी दिलमाया बुढाले ३६७३ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
बुढाका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार भैरवबहादुर शाहले २१२९ मत प्राप्त गर्नु भएको छ ।
यस्तै उपप्रमुखमा माओवादी केन्द्रबाट डिल्लीराज जैशीले ३८१८ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार शान्ति चन्दले २१४५ प्राप्त गर्नु भएको छ ।











प्रतिक्रिया