९ मंसिर २०८३, बुधबार

चार महानरमा कसले कति मत पाए ? कांग्रेसले चमत्कार गर्दै (अपडेट)

11.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ जेठ । काठमाडौं महानगरपालिकाको मेयर पदमा नेकपा एमालेका विद्यासुन्दर शाक्यले फराकिलो अग्रता कायम छ । जोशीले ८१०४ मतसहित लिड गरिरहेका छन् ।

शुक्रबार बिहान प्राप्त अनौपचारिक मत परिणाम अनुसार शाक्यलाई नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार राजुराज जोशीले ५१७२ मत पाएका छन् । विकेकशील पार्टीकी रञ्जु दर्शना न्यौपानेले ३२८७ मतसहित तेस्रो स्थानमा रहेकी छन् ।

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार चिरीबाबु महर्जन ११८४३ मतसहित लिड गरिरहेका छन् । नेकपा एमालेका मेयर पदका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १११०३ मतसहित पछ्याइ रहेका छन् । तेस्रो स्थानमा साझा पार्टीका मेयर पदका उम्मेदवार रमेश महर्जनले ६८९३ मत पाएका छन् ।

भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीले १०६९० मतसहित लिड गरेका छन् । ज्ञवालीलाई नेकपा माओवादी केन्द्रकी मेयर पदकी उम्मेदवार रेणु दाहालले ९८९७ मतसहित पछ्याइ रहेकी छन् ।

पोखरा पोखरा महानगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेदवार मानबहादुर जिसीले झिनो मत अन्तरले लिड गरिरहेका छन् ।

जिसीले १०५४१ मत पाएका छन् । जिसीलाई नेपाली कांग्रेसका उम्मेदवार रामजी कुँवरले १०४०१ मतसहित पछ्याइ रहेका छन् ।

कांग्रेसले पोखरा महानगरमा एमालेसँगको मत अन्तरलाई ह्वात्तै घटाएर चमत्कार गरेको छ । ललितपुर महानगरमा कांग्रेसले लिड गरिरहेको छ । चितवनमा पनि रेणु दाहालले एमालेसँगको मत अन्तरलाई घटाउँदै लगेकी छन् ।