
लमजुङ, ४ जेठ । लमजुङको सदरमुकाम रहेको बेसीशहर नगरपालिका र सुन्दरबजार नगरपालिकामा एमाले विजयी भएको छ ।
बेसीशहर नगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेदवार गुमानसिंह अर्याल र उपमेयरमा एमालेकै लक्ष्मी अधिकारी विजयी भएका हुन् ।
एमाले र काँग्रेसले ५/५ वटा वडा जितेका छन् ।
निर्णायक बनेको ११ नम्बर वडामा २ मतले एमालेका अच्युत बगाले विजयी भएका छन् ।
बेसीशहर नगरपालिका १ वडामा नेपाली काँग्रेसका बलराम श्रेष्ठ विजयी भएका छन् । वडा नम्बर २ मा काँग्रेसका उम्मदेवार गणेश कँडेल, चारमा लाल गुरुङ र पाँचमा बमबहादुर गुरुङ विजयी भएका छन् ।
यस्तै, वडा नम्बर ३ मा एमाले माओवादीको संयुक्त प्यानलबाट उम्मेदवार बनेका माओवादी केन्द्रका उम्मेदवार सूर्यकुमार श्रेष्ठ वडाअध्यक्षमा विजयी भएका छन् ।
वडा नम्बर ६ मा एमालेका भोजबहादुर रिमाल, ७ मा गोबिन्द बस्नेत, ८ मा पवित्रा थापामगर र ९ मा शरद बराल विजयी भएका छन् ।
वडा नम्बर १० मा नेपाली काँग्रेसका अर्जुन थापा विजयी भएका छन् । वडा नम्बर ११ केहीबेरमा घोषणा हुँदैछ ।
यता, सुन्दरबजार नगरपालिकामा एमालेका जनक मिश्र १४७८ मतको अन्तरले विजयी भएका छन् । उनले ४९६९ मत पाए भने काँग्रेसका मेयरका उम्मेदवार बद्रीमान श्रेष्ठको ३४८५ मत पाए । यसैगरी, स्वतन्त्र उम्मेदवार द्धारिका मिश्रले २७३० मत ल्याए ।
उपमेयरमा काँग्रेसकी ज्ञानु शाह ८४४ मत अन्तरले विजयी भएकी छिन् । उनले ४३२३ मत पाइन् । उनकी निकटतम प्रतिस्पर्धी माओवादीकी उपमेयरकी उम्मेदवार शान्ता भुजेलले ३४६९ मत पाइन् । नेकपा एमालेले सुन्दरबजारमा आठ वटा वडा जितेको छ भने काँग्रेसले ३ वटा वडा जितेको छ ।











प्रतिक्रिया