९ मंसिर २०८३, बुधबार

कांग्रेसका शीर्ष नेताहरूको आकस्मिक बैठक सानेपामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, ४ जेठ । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक बसेको छ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा केही समय अगाडि सुरु भएको कांग्रेसका शीर्ष नेताहरूको बैठकमा समग्र राजनीतिक विषयमा छलफल हुने उच्च स्रोतले जनाएको छ ।

बैठकमा चालु अधिवेशन अन्त्य, स्थानीय तहको निर्वाचन, महाभियोग प्रस्ताव, प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा, कांग्रेस नेतृत्वमा नयाँ सरकार, संविधान संशोधन लगायतका विषयमा पनि छलफल हुने सक्ने बुझिएको छ ।

संसदको बैठक आजै तीन बजे बस्दै छ । नेकपा एमालेले सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव फिर्ता लिनुपर्ने अन्यथा सदन चल्न नदिने चेतावनी दिँदै आएको छ ।

एमालेको चेतावनीका कारण संसदको बैठक सूचना टाँस गरेर चालु अधिवेशन नै अन्त्य गर्ने विषयमा पनि सत्तारुढ दलहरूले यसअघि छलफल चलाइ सकेका छन् ।