काठमाडौं, ४ जेठ । चितवनको भरतपुर महानगरपालिकामा एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीले आफ्नो मत अन्तरलाई फराकिलो बनाउँदै लगेका छन् ।
पछिल्लो पटक अनौपचारिक रुपमा प्राप्त नजितजा अनुसार एमालेका ज्ञवालीले ६८०० मत पाएका छन् ।
ज्ञवालीलाई माओवादी केन्द्रकी मेयर पदकी उम्मेदवार रेणु दाहालले ५०८९ मतसहित पछ्याइ रहेकी छन् ।
उता, पोखरा–लेखनाथ महानगरपालिकामा एमालेका मेयर पदका उम्मेदवार मानबहादुर जिसी अगाडि देखिएका छन् । जिसीले नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार रामजी कुँवरलाई ३८६ मतले पछाडि पारेका छन् ।
जिसीले ९३१७ मत पाएका छन् भने कुँवरले ८९३१ मत पाएका छन् । उपमेयरमा एमाले उम्मेदवारले ९०४७ र कांग्रेस उम्मेदवारले ७७७५ मत पाएका छन् ।
काठमाडौं महानगरमा पनि नेकपा एमालेको अग्रता कायम छ । एमालेका विद्यासुन्दर शाक्यले ४३१७ मत पाएका छन् । नेपाली कांग्रेसका राजुराज जोशीले २४७२ मत पाएका छन् । शाक्य र जोशीबीच १८४५ मतको फरक छ । विवेकशील पार्टीकी रञ्जु दर्शना न्यौपानेले १८७७ मत पाएकी छन् ।
ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका चिरीबाबु महर्जनले ९४३२ मत पाएका छन् । एमालेका हरिकृष्ण व्यञ्जनकार ९२७८ तथा साझा पार्टीका रमेश महर्जन ४२८१ मत पाएका छन् ।











प्रतिक्रिया