९ मंसिर २०८३, बुधबार

ललितपुरमा कांग्रेसले उछिन्यो, काठमाडौं र चितवनमा एमालेको अन्तर धेरै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ जेठ । नेकपा एमालेले काठमाडौं महानगर मेयर पदमा प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारलाई धेरै पछाडि पारेको छ ।

अनौपचारिक रुपमा प्राप्त पछिल्लो मत परिणाम अनुसार एमालेका विद्यासुन्दर शाक्यले ३६०० मत पाएका छन् । नेपाली कांग्रेसका राजुराज जोशीले २३८२ मत पाएका छन् । तेस्रो स्थानमा रहेकी रञ्जु दर्शना न्यौपानेले १४२६ मत पाएकी छन् ।

उता, ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । कांग्रेसका मेयर पदका उम्मेदवार चिरीबाबु महर्जनले ९४३२ मत पाएका छन् । एमालेका हरिकृष्ण व्यञ्जनकारले ९२७८ मत पाएका छन् । तेस्रो स्थानमा साझा पार्टीका रमेश महर्जनले ४२८१ मत पाएका छन् ।

चितवनको भरतपुर महानगरपालिकामा एमालेका मेयर पदका उम्मेदवारले प्रतिद्वन्द्वीलाई झण्डै दुई हजार मतको अन्तरले पछाडि पारेका छन् । एमालेका देवी ज्ञवालीले ६३४३ मत पाएका छन् । माओवादी केन्द्रकी रेणु दाहालले ४६७० मत पाएकी छन् ।

पोखरा महानगरमा कांग्रेस र एमालेबीच झिनो मत अन्तर देखिएको छ । एमालेका मेयर पदका उम्मेदवार मानबहादुर जिसीले ६६५३ मत पाएका छन् । नेपाली कांग्रेसका रामजी कुँवरले ६५३१ मत पाएका छन् ।