२८ आश्विन २०८३, बुधबार

चुनाव जित्नै लागेको एमालेलाई गगन थापाले दिए घतलाग्दो सुझाव (भिडियोसहित)

32.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं स्वास्थ्यमन्त्री गगन थापाले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा पहिलो शक्ति बन्ने छाटकाट देखाइरहेको नेकपा एमालेलाई सबैलाई समेटेर लैजान सुझाव दिएका छन् ।

एपी वान टेलिभिजनको साप्ताहिक कार्यक्रम ‘दिशानिर्देश’मा पत्रकार विजय कुमार पाण्डेसँग सम्वाद गर्दै नेता थापाले तराई मधेसको विरोध होइन् समग्र नेपाल र नेपालीको प्रतिनिधित्व गरेर अघि बढ्न सुझाव दिएका हुन् ।

यो निर्वाचनको नेकपा एमालेलाई सन्देश के छ भन्ने प्रश्नमा गगने भने–

नेकपा एमालेलाई सन्देश के हो भन्ने भन्दा पनि के होइन् भन्ने कुरा महत्वपूर्ण छ । काठमाडौं लगायत महानगरहरुको प्रारम्भिक मतगणना र रिजल्ट जे सुकै आएपछि यसले के देखाउँछ भने ठूलो कांग्रेस र एमालेको भोटर संख्या हो त्यसमा धेरै ठूलो फेरबदलाव आएको छैन् । कास्कीको हेरौं, चाँहे यहाँ (काठमाडौं)को हेरौं, चाँहे भरतपुरको । तर, संख्याको निर्वाचनको परिणामको सन्दर्भमा आफ्नो अनुकुलतामा आउँदै गर्दा त्यसले अतिरिक्त उत्तेजना लिएर आयो भने कुन अर्थमा भने जुन नेकपा एमालेको अहिले राष्ट्रिय एजेण्डा छ, खासगरीकन संविधानको संशोधन विरोधी लगायत, त्यो एजेण्डाको पक्षमा हाम्रो अभुतपूर्व समर्थन हो भन्ने अपव्याख्या भइदियो भने चाँही दोस्रो निर्वाचन लगायत कुरामा अनावश्यक जटिलता ल्याएर आउछ यसले । मलाई लाग्छ नेकपा एमालेले स्टील पिपुलले नेकपा एमालेलाई ठूलो मात्रा समर्थन गर्यो । यो समर्थन लिएर दोस्रो चरणको निर्वाचन गर्नलाई अझ बढी जिम्मेवार हामीलाई बनाऔं भन्ने ढंगबाट सन्देशलाई बुझियो भने अब नो मोर प्रतिपक्षी । संविधान कार्यान्वयनको सन्दर्भमा नेकपा एमाले प्रतिपक्ष होइन रहेछ है, यसलाई संस्थापनै मान्यो, पिपुले मान्यो । त्यसैले हामीले यसलाई टुग्यांउनुपर्छ भन्ने बुझिदियो भने चाँही उहाँहरुले बुझिदिनुभयो भने चाँही हामीहरु सबैको हितमा हुन्छ ।

कथमकदाचित नेकपा एमालेले यो सन्देशलाई तपाईले भनेजस्तोगरी नलिइकन यो हाम्ले यस निर्वाचनभन्दा अगाडि लिएका एजेण्डाहरुको आम जनताबाट स्वीकारोक्ति हो भन्ने हिसाबबाट लियो भने त्यसपछि भन्ने प्रश्नमा गगनले अगाडि भने–

त्यो हामी सबैको लागि दुर्भाग्यपूर्ण हुन्छ । त्यसले तत्कालकै जटिलता दोस्रो निर्वाचनले व्यहोर्न सक्छ ।

टेलिभजन कार्यक्रममा गगनले बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी जनतालाई नयाँ नभएको र राप्रपा धर्मको एजेण्डाले माथि उठ्न नसकेको टिप्पणी गरे । उनले माओवादी केन्द्रले आत्मलोचना गरेर आफ्ना एजेण्डा के हुन् भनेर जनतालाई बताएर संसदको चुनावको तयारी गर्नुपर्ने तर्क गरे ।

कांग्रेस र कांग्रेसी फरक भएको भन्दै गगनले कांग्रेस समर्थकलाई कांग्रेसी मान्नु कांग्रेसका लागि ठूलो भुल हुने समेत बताए ।

हेर्नुस् रोचक अन्तर्वार्ताः

https://www.youtube.com/watch?v=EcrQaFCIWGw