९ मंसिर २०८३, बुधबार

भरतपुरमा रेणु दाहालको झन् बिजोग (अपडेट)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, ३ जेठ । भरतपुर महानगरपालिकाको जारी मतगणनामा मेयरकी उम्मेदवार रेणु दाहाल झन् पछाडि परेकी छिन् ।

मेयरमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले झन बढी अन्तरले रेणुलाई पछाडि पारेका छन् । ज्ञवाली भन्दा रेणु १६७३ मतले पछाडि छिन् ।

पछिल्लो परिणाम अनुसार, ज्ञवालीले ४८०७ मत पाएका छन् भने रेणुले ३१३४ मत मात्र पाएकी छिन् । यसैगरी, उपमेयरमा पनि एमालेकै अग्रता छ । एमालेकी दिव्या शर्मा ३९८४ मत पाएकी छिन् भने काँग्रेसकी पार्वती शाहले ३७१७ मत पाएकी छिन् ।

भरतपुर महानगरपालिकामा एमालेले विजयी सुरुवात गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर दुईको अध्यक्षमा एमालेका पूर्णबहादुर श्रेष्ठ ५७२ मत बढी ल्याएर विजयी भए ।

यसअघि वडा नम्बर एकमा काँग्रेसका उम्मेदवार अध्यक्षमा निर्वाचित भएका थिए ।