
काठमाडौं, ३ जेठ। काठमाडौँं जिल्लामा नेपाली काँग्रेसले पहिलोपटक मेयरमा खाता खोलेको छ । दक्षिणकाली नगरपालिको मेयर र उपमेयर काँग्रेसले जितेको हो । मेयरमा काँग्रेस उम्मेदवार मोहन बस्नेत र उपमेयरमा कांग्रेसकै बसन्ती तामाङले जित हासिल पारेकी छिन् ।
यसअघि एमालेले काठमाडौंको शंकरापुर नगरपालिकाको मेयर र उपमेयर जितिसकेको छ भने अन्य तीन वटामा एमालेले अग्रतामा लिइरहेको छ ।
नेपाली काँग्रेसले अन्य ५ वटा नगरपालिकामा अग्रता लिइरहेको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका, चन्द्रागिरि नगरपालिका, तार्केश्वर, नागार्जुन र गोकर्णेश्वर नगरपालिकामा काँग्रेसको अग्रता छ ।
यसैगरी, टोखा नगरपालिका, बुढानिलकण्ठ र कीर्तिपुर नगरपालिकामा एमालेले अग्रता लिएको छ ।
१० वटा नगरपालिकाको माओवादीले झिनो मत मात्र पाएको छ । माओवादीले कुनै पनि नगरपालिकामा अग्रता लिएको छैन् ।











प्रतिक्रिया