१ कार्तिक २०८३, आइतबार

कास्कीको गाउँपालिकामा एमालेले खाता खोल्यो, गुरुङ फिल्मको हिरो बने मादीको प्रमुख

8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की, २ जेठ । कास्कीको गाउँपालिकाहरुमा जारी मतगणनामा एमालेले पहिलो खाता मादी गाउँपालिकाबाट खोलेको छ ।

मादी गाउँपालिकाको प्रमुखमा नेकपा एमालेका बेदबहादुर गुरुङ (श्याम) र उपप्रमुखमा बिष्णु माया पौडेल बिजयी भएका छन् । बेदबहादुर गुरुङ फिल्मको निर्माता तथा नायक पनि हुन् ।

एमालेका बेदबहादुरले ४ हजार २३७ मत पाए भने काँग्रेसका उम्मेदवारले ३ हजार २४६ मत ल्याए । उपप्रमुखमा एमालेकी पौडेलले ३ हजार ६५६ मत पाइन् भने काँग्रेसकी उम्मेदवारले २ हजार ६५३ मत ल्याइन् ।

मादी गाउँपालिकामा एमालेले १, २, ४, ६ र १० गरी पाँच वटा वडाअध्यक्ष पनि जितेको छ । नेपाली काँग्रेसले ३m ५ । ८ गरी तीन वटा वडा जितेको छ भने माओवादी केन्द्रले ७ र ९ गरी दुई वटा वडा जितेको छ ।

यसैगरी, कास्कीको रुपाकोट गाउँपालिकामा पनि एमालेले अग्रता लिइरहेको छ ।