काठमाडौं, १ जेठ । सिभिल बैंक लिमिटेडको अध्यक्ष पदको कार्यभार अम्बीर बोगटीले सम्हाल्नु हुने भएको छ । आज नेपाल राष्ट्र बैंकमा गभर्नर डा. चिरन्जीवि नेपालबाट बैंकका नवनियूक्त अध्यक्षले सपथ ग्रहण गर्नुभयो । उहाँ बैंकको स्थापना कालदेखि नै संचालक हुनुहुन्थ्यो । यसैगरी रिक्त संचालक पदको कार्यभार सृजना शाक्य तामाङ्गले सम्हाल्नु हुने भएको छ ।
बैंक बोर्डको नयाँ नेतृत्वले बैंकको कार्यशैलीमा सुधार गर्दै शेयर होल्डरलाई बढी भन्दा बढी प्रतिफल प्रदान गर्ने प्रतिवद्घताका साथै ग्राहकवर्गलाई नवीनतम सेवा तथा सुविधाहरु प्रदान गर्ने कुरा बैंकका नव नियूक्त का.मु. प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ्गले बताउनु भयो ।
बैंकले यही आउँदो जेष्ठ ४ गतेका दिन छैठौं बार्षिक साधारण सभाको आयोजना गर्दैछ ।















प्रतिक्रिया