१ कार्तिक २०८३, आइतबार

शेरबहादुर देउवाकै टोलमा जित्यो एमाले, काठमाडौँको कुन नगरपालिकामा को अगाडि ?

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ जेठ । काठमाडौं जिल्लाका १० वटा नगरपालिकामध्ये ६ वटा नगरपालिकामा एमालेले अग्रता लिएको छ भने ४ वटा काँग्रेसले अग्रता लिइरहेको छ ।

काठमाडौँको बुढानिलकण्ठ, शंखरापुर, नागार्जुन, कीर्तिपुर, दक्षिणकाली नगरपालिकामा एमालेका मेयर र उपमेययरले अग्रता लिइरहेका छन् भने टोखा, कागेश्वरी मनहरा, चन्द्रागिरी र गोकर्णेश्वर नगरपालिकामा काँग्रेसले अग्रता लिएको छ । तारकेश्वर नगरपालिकाको मतपरिणाम सार्वजनिक भएको छैन् ।

काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास रहेको बुढानीलकण्ठको वडा नम्बर १३ मा एमालेले प्यानलै जितेको छ । यसैगरी, कीर्तिपुर, नागर्जुन नगरपालिकाका केही वडामा पनि एमालेले जितेको छ ।

माओवादीले भने अहिलेसम्म कुनैमा पनि अग्रता लिएको छैन् ।