९ मंसिर २०८३, बुधबार

कास्कीको मादी गाउँपालिका १ मा एमाले विजयी, माओवादीले १४ मत मात्रै ल्यायो

13.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १ जेठ । कास्कीको मादी गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा सुरज गुरुङसहित नेकपा एमालेको प्यानल विजयी भएका छन् ।

गुरुङले ५५७ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले ४३४ र माओवादी केन्द्रका उम्मेदवारले १४ मत मात्रै प्राप्त गरे ।

मादी गाउँपालिकाका अन्य पद र वडाहरुको मतगणना जारी छ । अहिलेसम्मको मतगणनामा मादीमा एमालेले अग्रता लिएको छ । गाउँपालिका प्रमुखमा एमालेका उम्मेदवारले ५५३, कांग्रेसले ४३३ र माओवादी केन्द्रका उम्मेदवारले १० मत प्राप्त गरेका छन् ।

त्यस्तै, गाउँपालिकाको उपप्रमुखमा एमालेको ५५१, कांग्रेसको ४३३ र माआवबादी केन्द्रका उम्मेदवारले १२ मत प्राप्त गरेका छन् ।