– जनक श्रेष्ठ
लमजुङ, १ जेठ । मनाङ जिल्लाको चामे गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार लोकेन्द्रबहादुर घले विजयी भएका छन् ।
घलेले २ सय १४ मत ल्याइ बिजयी हुन सफल भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांगे्रसकी अनिता लामाले १ सय ७३ मत ल्याएकी थिइन् ।
उपप्रमुखमा भने नेपाली कांगे्रसका मुनिन्द्रजंङ गुरुङ विजयी भएका छन् । गुरुङले १ सय ६९ मत ल्याएका छन् । गुरुङले प्रतिद्वन्द्वी एमालेकी टीकनदेवी गुरुङलाई पराजित गरेका हुन् । टीकनदेवीले १६० मत ल्याएकी छन् ।
चामे गाउँपालिकामा ५ सय ११ मतदाता थिए । जसमा ३ सय ९६ मत खसेको थियो ।











प्रतिक्रिया