१ कार्तिक २०८३, आइतबार

बाबुराम भट्टराईले गरे आफ्नो पार्टीले चुनाव हार्ने संकेत, किन ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ बैशाख । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले मतगणना सुरु नहुँदै आफ्नो पार्टी पराजित हुने संकेत गरेका छन् ।

स्थानीय तहमा बैकल्पिक राजनीतिक प्रभाव कम देखिने उनले बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा भट्टराईले लेखेका छन्  – ‘वैकल्पिक राजनीतिको विमर्श केन्द्रीय स्तरमा बढी सान्दर्भिक र प्रभावकारी हुने भएकोले स्थानीय निर्वाचनमा उसको कम प्रभाव देखिन सक्छ, पर्खेर हेरौं ।’

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले आइतबार गृहजिल्ला गोरखाको पालुंगटार नगरपालिका वडा नम्बर १ स्थित अन्नपूर्ण माविको बुथमा मतदान गरेका थिए ।

माओवादी पार्टीका संस्थापक नेता समेत रहेका भट्टराईले वैकल्पिक शक्तिका रुपमा नयाँ शक्ति पार्टी खोले पनि धेरैजस्तो जिल्लामा उनका प्रभाव न्यून देखिएको छ ।

भट्टराईले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीसँग कार्यगत एकता गर्दै निर्वाचनमा भाग लिएका छन् ।