९ मंसिर २०८३, बुधबार

काठमाडौं महानगरको मतगणना राष्ट्रिय सभागृहमा गर्ने तयारी

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ वैशाख । स्थानीय निर्वाचनअन्तर्गत मतदान सकिएसँगै काठमाडौं महानगरपालिकाको मतगणना राष्ट्रिय सभागृहमा हुँदैछ ।

महानगरका मेयर तथा उपमेयरसँगै ३२ वटै वडाका अध्यक्ष र सदस्यको मत गणनाको लागि अहिले तयारी चलिरहेको छ । सबै तह र तप्काका कर्मचारीहरु अहिले प्रशिक्षणदेखि मतपेटिका मिलाउने अन्य सहायक काममा समेत कर्मचारीहरु लागिरहेका छन् ।

यद्यपी महानगरको मतगणना आइतबार नै सुरु हुने सम्भावना कम छ । काठमाडौं महानगरपालिकाका निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले कर्मचारी यत्रतत्र छरिएको र उनीहरु आएपछि पनि मत गणनाको लागि तालिम दिनुपर्ने र सबैदलीय निर्णय समेत गराउनुपर्ने भएकोले आइतबार नै मत गणना सुरु हुने सम्भावना कम रहेको बताए । उनका अनुसार सबैको चाहना मतगणना छिटो गर्नुपर्ने धारणा रहेकोले भोलि विहान १ बजेसम्म मत गणना सुरु हुनसक्छ ।

विहान ७ बजेभित्र महानगरको परिणाम सार्वजनिक भइसक्ने उनको भनाई छ ।