९ मंसिर २०८३, बुधबार

एमालेको दाबीः पहिलो चरणको चुनावमा ५० प्रतिशत भन्दा बढी स्थानमा जित्छौं

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ३४ जिल्लामा आज सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनमा ५० प्रतिशतभन्दा बढी स्थानमा जित्ने दाबी गरेकोछ ।

एमाले सचिव प्रदीप ज्ञवालीले आइतबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै पहिलो चरणको निर्वाचन भएका स्थानहरुमा ५० प्रतिशत भन्दा बढी परिणाम एमालेको पक्षमा आउने दावी गरे ।

स्थानीय तहको पहिलो चरणको निर्वाचन उत्साजनक रुपमा सम्पन्न भएकोमा हामी खुशी छौं,’ उनले भने– ‘मतदान प्रक्रियामा जनताको सहभागिताले आफूहरुले अपेक्षा गरेको परिणाम आउने कुरामा ढुक्क छौं । ५० प्रतिशत भन्दा बढी परिणाम एमालेको पक्षमा आउछ ।’

नेता ज्ञवालीले नेपाली जनताले उत्साहपूर्वक रुपमा आफनो मताधिकार प्रयोग गर्दै संविधान कार्यान्वयनको एउटा खुड्किलो पार गरेको चर्चा गर्दै दोस्रो चरणको निर्वाचनमा पनि यस्तै उत्साहका साथ निर्वाचन सम्पन्न होस भन्ने शुभेच्छा ब्यक्त गरे ।