१ कार्तिक २०८३, आइतबार

श्रीलंकामा के गर्दैछिन् राष्ट्रपति भण्डारी ? राजा महेन्द्र र वीरेन्द्रको निशानी भेटियो !

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनासँग कोलम्बोमा राष्ट्रपति विद्यादेवी भण्डारी।

क्यान्डी (श्रीलङ्का), ३१ वैशाख । श्रीलङ्काको औपचारिक भ्रमणका सिलसिलामा कोलम्बोमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले आज क्यान्डीस्थित राष्ट्रिय वनस्पति उद्यानमा वृक्षरोपण गर्नुभयो ।

विविध प्रकारका वनस्पति रहेको उक्त उद्यानमा राष्ट्रपति भण्डारीले करतुसको बिरुवा रोप्नुभएको हो । सो अवसरमा उहाँले उद्यानको अवलोकन पनि गर्नुभयो ।

राष्ट्रपति भण्डारीले त्यहाँस्थित अर्किड गार्डेनमा राखिएको आगुन्तक पुस्तिकामा हस्ताक्षर गर्नुभयो । उहाँले दुईवटा बिरुवाको नामकरण पनि गर्नुभएको थियो ।

कोलम्बोबाट राष्ट्रपति भण्डारी श्रीलङ्काको वायु सेनाको हेलिकप्टरबाट क्यान्डीमा अपराह्न आइपुग्नुभएको हो ।

यस उद्यानमा नेपालका तत्कालीन राजा महेन्द्र शाह र वीरेन्द्र शाहले रोपेको बिरुवाहरु पनि छन् । राष्ट्रपति भण्डारीका साथ भ्रमणदलमा रहनुभएका सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकी र राष्ट्रपति कार्यालयका वैदेशिक मामिलाविज्ञ डा मदनकुमार भट्टराई पनि हुनुहन्थ्यो । रासस