१ कार्तिक २०८३, आइतबार

ओलीले भने- बुथ कब्जा भएका ठाउँमा फेरि निर्वाचन गर्नुपर्छ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ वैशाख । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले बुथ कब्जा भएको क्षेत्रमा फेरि निर्वाचन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।

स्थानीय तहको निर्वाचन अन्तर्गत बालकोटस्थित महेन्द्र शान्ति विद्यालयमा मतदान गरिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले धाँदली गर्नेहरुलाई कारबाही गर्न र कब्जा भएको ठाउँको चुनाव तत्काल स्थगन गरेर फेरि निर्वाचन गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेका हुन् ।

‘सरकार र प्रशासनकै प्रत्यक्ष सहभागीता केही ठाउँमा धाँदली भएको, एमालेका नेता–कार्यकर्तामाथि आक्रमण भएको जानकारी आएको छ,’ ओलीले भने– ‘त्यसरी धाँधली भएका ठाउँको तत्काल निरीक्षण गरेर धाँदली गर्नेहरुलाई कारबाही गर्न र कब्जा भएको ठाउँको चुनाव तत्काल स्थगन गरेर फेरि निर्वाचन गर्ने वातावरण बनाउन आग्रह गर्छु ।’

नले निर्धक्क चुनावमा भाग लिन आग्रह गर्दै केही ठाउँमा बुध कब्जा गर्ने, धम्क्याउने जस्ता कार्य भएको भन्दै निर्वाचन आयोग र सरकारलाई त्यस्ता कार्य तत्काल रोक्न समेत आग्रह गरे ।