काठमाडौं, ३१ वैशाख । स्थानीय तहको निर्वाचन अन्तर्गत दोलखामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको भएको छ ।
मेलुङ गाउँपालिका अन्तर्गत पवटी मतदान केन्द्रमा कांग्रेस र माओवादी गठबन्धनले बुथ कब्जा गर्ने क्रममा प्रहरी माथि नै आक्रमण भएपछि सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन गोली प्रहार गरेको बताइएको छ । गोली प्रहारबाट नकुल भुजेलको मृत्यु भएको छ । उनको शवलाई अहिले अस्पतालतर्फ लगिएको छ ।
घटनामा अन्य उनीसँगै १० जना घाइते भएको स्थानीयले बनाएका छन् । घटनापछि मतदानस्थलमा नाराबाजी भइरहेको छ ।
यसअघि पनि दोलखाका विभिन्न स्थानमा झडप भएका थिए ।












प्रतिक्रिया