काठमाडौं, ३१ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहले स्थानीय तहको निर्वाचनमा मतदान गर्ने तयारी गरेको बुझिएको छ ।
पूर्वराजा शाहले महाराजगञ्जस्थित मतदान केन्द्रमा उपयुक्त समयमा गएर मतदान गर्ने उच्च स्रोतले जनाएको छ । पूर्वराजपरिवारको नाम महाराजगञ्ज केन्द्रमा रहेको छ ।
पूर्वराजा शाह कति बजे मतदान गर्न जाने हुन् केही बताइएको छैन । ‘महाराजञ्ज केन्द्रमा पूर्वराजपरिवारको नाम छ’, स्रोतले भन्यो, ‘तर कति बेला मतदान गर्ने जाने हो केही बताइएको छैन ।’











प्रतिक्रिया