काठमाडौं, ३१ वैशाख । निर्वाचन आयोगले पहिलो चरण अन्तर्गत आज मतदान सम्पन्न हुने भएपनि मतगणना सम्भव नरहेको जनाएको छ ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले मतदान अपरान्ह पाँच बजे सम्पन्न भए पनि मतपेटी संकलनमा समय लाग्ने भएकाले मतगणना आजै सम्भव नरहेको बताएका हुन् ।
उनले भने, ‘हाम्रो चाहना पनि आजैबाट मतगणना होस् भन्ने छ । तर, प्राविधिक कठिनाइका कारण सम्भवत भोलि सोमबार बिहानैदेखि मतगणना हुन सक्छ ।’
प्रवक्ता शर्माका अनुसार मतदान सकिएको तीन घण्टाभित्र सबै मतपेटिका २ सय ८३ वटै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा आइपुग्ने छन् ।
मुस्ताङ र हुम्लाका केही मतदान केन्द्रमा रहेका मतपेटिका एयरलिफ्ट गरी ल्याउनु पर्ने र अन्यन्त्र समस्या नरहेको उनले बताए ।
भोलिदेखि सबै स्थानीय मुख्य निर्वाचन अधिकृतले मतगणना सूचना प्रकाशन गरी मतगणनाको काम सुरु गर्ने आयोगका प्रवक्ता शर्माले बताए ।











प्रतिक्रिया