भरतपुर, ३१ वैशाख । भनिन्छ, राजनीतिमा असम्भव भन्ने कुरा केही पनि हुन्न । त्यस्तै भएको छ, प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जीवनमा पनि । सँधै काँग्रेसलाई वर्गशत्रु मानेका प्रचण्डले नेपाली काँग्रेसको चुनाव चिन्ह रुखमा भोट हालेका छन्, त्यो पनि आफ्नै छोरी जिताउनका लागि ।

कम्युनिष्ट आन्दोलनमा लागेका र हसिँया हतौडालाई नै आफ्नै जीवन मानेका प्रचण्डले आइतबार काँग्रेसको रुख चिन्हमा समेत मतदान गर्नुपर्ने बाध्यकारी अवस्था काँग्रेससँगको तालमेलका कारण भएको हो । प्रचण्डले आफ्नी छोरी समेत रहेकी माओवादी नेत्री रेणु दाहाललाई भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार बनाएका छन् । त्यसका लागि तालमेल मिलाउने क्रममा काँग्रेसकी उम्मेदवार उपमेयर बनेकी छिन् । उनले मेयरमा पुत्री रेणु, उपमेयरमा काँग्रेसकी उम्मेदवारसहितको टिमलाई मतदान गरेको स्रोतले बतायो ।

आइतबार बिहानै पहिलो मतदाताको रुपमा भरतपुर महानगरपालिका– ४ स्थित लंकुको लक्ष्मी उच्च माविको मतदान केन्द्रबाट उनले मतदान गरेका थिए ।

प्रधानमन्त्री दाहाल मतदान केन्द्रमा सातै बजे पुगेका थिए । प्रधानमन्त्री दाहाल मतदात गर्नका लागि पत्नी सीता दाहाल, छोरा प्रकाश दाहालसहित शनिबार चितवन पुगेका थिए ।
(तस्बिर सौजन्यः प्रकाश दाहाल)












प्रतिक्रिया